नेपालमा एकै दिन १४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३० पुग्यो

नेपालमा एकै दिन १४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३० पुगेको छ। शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३० पुगेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजना गरेर एकै दिन १४ जनामा कोरोना पुष्टि भएको छ। यसअघि १६ जनामा कोरोना देखिएको थियो। 

उदयपुरमा कोरोना पुष्टि भएका १२ जना पुरुष हुन्। त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा  बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उदयपुरकै अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

उदयपुरमा कोरोना पुष्टि भएका सबै पुरुष हुन्।  २०, २२, २५, २६, ३४ र ४० वर्षीय पुरुष एक-एकजना, २९ वर्षीय दुईजना र २८ वर्षीय चारजना पुरुषमा कोरोना देखिएको हो। कोरोना पुष्टि हुने अधिकांश भारतीय नागरिक हुन्। कोरोना संक्रमित सबैलाई विराटनगरस्थित कोरोना अस्पताल ल्याइएको छ। 

त्यसैगरी शुक्रबार चितवमा २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला गरी दुई जनामा कोरोना देखिएको छ। 

शुक्रबार दिउँसो ४ बजे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म नेपालमा १६ जनामा मात्र कोरोना पुष्टि भएको बताएका थिए। तर साँझ मन्त्रालयले फेसबुक पेजमार्फत थप १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो। अहिलेसम्म सुरुमा कोरोना भएका एकजना निको भएर सामान्य जीवनमा फर्किएका छन्। अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।  

मन्त्रालयका अनुसार पाँच जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ भने चार जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार हुँदैछ।  

अन्य ६ जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुईदुई जनाको उपचार हुँदैछ।  

सरकारले कोरोना भए नभएको थाहा पाउन र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिरहेको छ। 

७५ जिल्‍लामा आरडीडी परीक्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरडीटी विधिबाट ७५ जिल्लामा कोरोना परीक्षण विस्तार गरिएको छ। मन्त्रालयका प्रवक्ता डा. देवकोटाले डोल्पा र सोलुखुम्बुमा भने चाँडै आरडीटी टेष्ट सुरु हुने बताए। 

आरडीटी टेष्ट ७५ जिल्लामा पुग्दा सातै प्रदेशका विभिन्न ठाउँमा गरेर १४ स्थानमा पीसीआर विधिबाट स्वाब परीक्षण सुरु भएको छ। शुक्रबाट पाटन अस्पताल, लगनखेलमा पीसीआर विधिबाट स्वाब परीक्षण सुरु भएपछि यसको विस्तार १४ ठाउँमा पुगेको हो। 

पीसीआर घाँटीको स्वाबको परीक्षण हो। यसको नतिजा आउन ६ घण्टादेखि दुई दिनसम्म लाग्ने चिकित्सकले बताएका छन्। आरडीटी परीक्षणको रिपोर्ट भने १५ मिनेटमै दिन  सकिन्छ।

अहिलेसम्म आरडीटी विधिबाट १६ हजार ५ सय ६५ नमुना परीक्षण भएको छ भने पीसीआर विधिबाट सात हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएको छ। जसअनुसार कुल२४ हजार दुई सय ५३ नमुनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ। शुक्रबार पीसीआर विधिबाट घाँटीको स्वाब परीक्षण गरिएका २ सय ६८ जनाको रिपोर्ट आउँन बाँकी छ। 

स्वाब परीक्षण हुने अस्पताल 
सुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्रै घाँटीको स्वाब परीक्षण गर्दै आएको सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ। शुक्रबारदेखि पाटन अस्पताल ललितपुरमा पनि स्वाबको परीक्षण सुरु भएसँगै पीसीआर विधिबाट १४ अस्पतालमा परीक्षण हुन थालेको हो। 

मन्त्रालयका अनुसार अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसहित अब सेती प्रादेशिक अस्पताल धनगढी, प्रादेशिक प्रयोगशाला सुर्खेत, राष्ट्रिय गँहु बाली अनुसन्धान केन्द्र, भैरहवा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा,

भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला, चितवन, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा, काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल, धुलिखेल,  जनकपुर प्रादेशिक अस्पताल जनकपुर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, कोशी अस्पताल, विराटनगर, वीर अस्पताल, काठमाडौं र पाटन अस्पताल ललितपुर गरेर १४ ठाउँमा स्वाब परीक्षण गर्न सकिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.