३१ जिल्लाका २१९ जनामा कोरोना पुष्‍टि : पहिलो पटक स्वास्थ्यकर्मीमा संक्रमण

३१ जिल्लाका २१९ जनामा कोरोना पुष्‍टि : पहिलो पटक स्वास्थ्यकर्मीमा संक्रमण

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २१९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार दुई जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २१९ पुगेको छ। 

बुधबार बाँकेका ३६ वर्षीय र कपिलवस्तुका २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। धुलिखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका काठमाडौंमा उनीहरुको नमुना परीक्षण गरिएको थियो। 

अहिलेसम्म कर्णालीबाहेक ६ प्रदेशका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता देवकोटाका अनुसार प्रदेश १ मा झापा, भोजपुर र उदयपुर जिल्लामा संक्रमण देखिएको छ। प्रदेश १ मा कुल संक्रमितको संख्या ३५ छ। 

प्रदेश २ मा संक्रमितको संख्या सबैभन्दा बढी ९६ छ। प्रदेश २ का सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा संक्रमण पुष्टि भएको हो। 

त्यसैगरी बागमती प्रदेशमा ९ जनामा कोरोना पुष्टि भएको छ। यसरी पुष्टि हुने काठमाडौं, भक्तपुर, धादिङ र चितवन जिल्लाका छन्। सँगै गण्डकी प्रदेशमा २ जनामा कोरोना पोजिटिभ देखिएको छ। उनीहरु बागलुङ जिल्लाका हुन्। 

त्यसैगरी प्रदेश ५ का कपिलवस्तु,  रुपन्देही, बाँके र बर्दिया गरेर चार जिल्लाका ७२ व्यक्ति संक्रमित छन् भने सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर गरेर दुई जिल्लाका संक्रमितको संख्या १९ रहेको छ। 

नेपालमा कुल २१९ जनामा कोरोना पुष्टि हुँदा १७६ पुरुष र ४३ महिला छजन्। त्यसैगरी बुधबार दुई जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ३५ पुगेको छ।  बुधबार बुटवलमा उपचार गराइरहेका २५ वर्षीय पुरुष ११ दिनमा र चितवनमा २६ दिनदेखि उपचार गराइरहेकी ६३ वर्षीय महिला डिस्चार्ज भएकी हुन्। 

नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना 
प्रवक्ता देवकोटाका अनुसार नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ। ‘पहिलो पटक देशमा स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ’, प्रवक्ता देवकोटाले भने, ‘यो विश्वव्यापी महामारी स्थिति हो। यो असामान्य परिस्थिति हो।’ 

उनले सबै स्वास्थ्यकर्मीलाई सुरक्षाका उपाय अपनाएर निडर भएर काममा लाग्न आग्रह गरेका छन्। ‘हामी सबैले मिलेर काम गरेमात्र कोरोनामा सफलता मिल्ने छ। । स्वास्थ्यकर्मीको प्रमुख दायित्व सेवा दिनु हो। अग्रपक्तिमा रहेर जुद्धने व्यक्ति लिडर तपाईंहरु नै हुनुहुन्छ। व्यक्तिगत सुरक्षालाई ध्यान दिन अनुरोध गर्दछौँ। सुरक्षाका उपाय अपनाएर निडर भएर काममा लाग्न आग्रह गर्दछौँ।’ 

प्रवक्ता देवकोटाले अहिले व्यक्तिगत सुरक्षा सामग्री प्रशस्त रहेको भन्दै सुरक्षा अपनाउन स्वास्थ्यकर्मीलाई आग्रह गरेका हुन्। उनले स्वास्थ्यकर्मीको सम्पर्कमा आएका र उनका सहयोगीसँगै परिवार र आफन्तको तत्काल परीक्षण हुनेसमेत प्रष्ट पारे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.