जसपा तानातान

जसपा तानातान

काठमाडौं : संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) तानातानमा परेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससहितको सरकार गठन गर्न जसपाको साथ खोजेका हुन् ।

जसपाले भने दुवै पक्षसँग आफ्नो माग सम्बोधन हुने ग्यारेन्टी खोजिरहेको छ।रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको जसपाले प्रधानमन्त्री ओली र अर्को पक्षलाई ‘उधारोमा होइन नगद’मै मात्र कुरा हुने अडान लिएको हो ।

एमाले र माओवादी केन्द्र दुवैले बुधबार पनि जसपाका नेताहरुसँग भेट गरेका छन्।जसपाभित्रको राजपा पृष्ठभूमिका नेता अझ धेरै तानातानमा देखिएका छन्।समाजवादी पृष्ठभूमिका नेता भने केहीबाहेक ओली नेतृत्वको सरकारको विपक्षमा छन्।माओवादी केन्द्रले साथ छोडे नपुग १८ मतका लागि ओलीले जसपाभित्रको राजपा पृष्ठभूमिका नेतालाई फकाउने प्रयास जारी राखेका छन् ।

 बिहान एमाले, दिउँसो माओवादी केन्द्रसँग छलफल

‘उधारो होइन, नगद’मै आफ्ना माग पूरा हुनुपर्ने अडान

रेशम चौधरीको रिहाइ मुख्य माग

माओवादी केन्द्र भने यो सरकारको विकल्पमा अर्काे समीकरण बनेपछि मात्र समर्थन फिर्ता लिने पक्षमा देखिएको छ।पार्टी अध्यक्ष दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए।काग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिए मात्र प्रधानमन्त्री ओलीको विकल्प खोज्न सक्ने संसदको अंकगणितले देखाउँछ ।

दाहालले बुधबार स्थायी समिति बैठकमा देउवासँगको छलफल सकारात्मक भए पनि जसपासँगको छलफलले निर्णायक रूप लिने ब्रिफिङ गरेका थिए।माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालले देउवा र डा. भट्टराईसँग गरेको छलफलबारे जानकारी दिएको बताए ।

‘कांग्रेससँगको छलफल सकारात्मक नै छ।तर, जसपासँगको छलफलले नै नयाँ सरकारको विषय टुंगो लाग्ने हो।त्यसैले जसपासँग पनि छलफल गर्ने गरी तयारी छ’, दाहालको भनाइ उदधृत गदै स्थायी समिति सदस्य गणेश शाहले अन्नपूर्ण पोस्ट्सँग भने।बैठकले काग्रेस र जसपासँग वार्ताका लागि अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठलाई जिम्मा दिने निर्णय गरेको छ।यससँगै दुई नेताले जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग पेरिसडाँडास्थित पार्टी कार्यालयमा छलफल गरेका थिए ।

‘प्रचण्डजीले हामीलाई सहयोग गर्नुपर्‍यो भन्नुभयो।हामी सधैं अरूलाई मात्रै सहयोग गरिरहने, हाम्रा मुद्दा र माग चै कसैले पुरा नगर्ने, के हामी सहयोग गर्नका लागि मात्रै जन्मिएका हौ र भनेर जवाफ दियौं’, जसपाका नेता महतोले भने ।

दाहालले जसपाका नेताहरुसँग प्रतिनिधीसभा विघटनपछिको कदमविरुद्ध रहेका शक्तिहरुबीचको सहकार्य आवश्यक रहेको वताएका थिए।जसपाका नेताहरुले उठाउँदै आएका मागका विषयमा एमालेभन्दा सकारात्मक रहेको दाहालको प्रतिक्रिया थियो ।

जसपाका नेताहरुले काग्रेससँगको विषय पहिले स्पष्ट पार्न पनि दाहालसँग आग्रह गरेका थिए।देउवा भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन्।उनी जसपाका नेताहरुले लिने कदम अध्ययन गरिरहेका छन् ।

उपेन्द्र यादव र डा भटटराई प्रधानमन्त्री ओलीसँग सहकार्य हुन नसक्ने अडानमा छन्।उनीहरुको साथ आफुलाई हुन नसक्ने देखेपछि ओलीले जसपाभित्रको राजपा पक्षधर नेताहरुसँग छलफल गरेका हुन्।जसपाका नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण बुधबार बिहान एमाले नेताहरुसँगको छलफलका लागि बालुवाटार पुगेका थिए ।

ओलीले केही बेर र त्यसपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपमहासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट मामिला सल्लाहकार डा राजन भटटराईले छलफल गरेका थिए।छलफलका क्रममा चौधरी रिहाइलगायत विषयमा एमाले नेताहरुले तीन महिना समय माग गरेका थिए।जसपाका नेताले तीन महिनाको समय आफुहरुले स्वीकार नगर्ने भन्दै सरकारको समर्थनलगायत विषयमा पनि तीन महिनापछि नै साथ दिने बताएका थिए।त्यसपछि भने पुन कानुनी प्रक्रियालगायत विषयमा धारणा बनाउन नेम्बाङलगायतसँग छलफल गर्न प्रधानमन्त्रीले सुझाएका थिए ।

जसपाका शीर्ष नेताहरुको छलफल बिहीबार बिहान हुने भएको छ।विहान महन्थ ठाकुर, राजेन्द्र महतो, डा वावुराम भटटराई, उपेन्द्र यादव र अशोक राईबीच छलफल हुने  जसपा स्रोतले वताएको छ ।

जसपाको पूर्वराजपा महन्थ र राजेन्द्र महतो पक्षसँग १७ जना सांसद छन्।ओलीले ति सांसदलाई साथ लिने योजना वनाएका छन्।त्यस्तै अपुग सांसद जसपाभित्रको पूर्व समाजवादीतर्फका लिन खोजेका छन्।तत्कालीन समाजवादीकी उपाध्यक्ष रेणु यादव नेतृत्वमा असन्तुष्ट सांसदहरू मो. इस्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मालगायतले छुट्टै दल गठनको प्रयास खोजेका थिए।सोही कारण जसपको संसदीय दलमा ठाकुर र महतो पक्ष वहुमतमा छ ।

जसपाका ३४ सांसदमध्ये हरिनारायण रौनियार निलम्वनमा र रेशम चौधरी जेलमा रहेका कारण ३२ जना छन्।ओलीलाई माओवादीका ४ सांसद (साथ दिने तयारीमा रहेकालाई छोडेर भए पनि) १८ सांसद थप आवश्यक पर्छ।जसपाभित्रकै राजपाका १७ र समाजवादीभित्र पनि आफुतिर लचिलो रहेका केही सांसदको साथ ओलीले खोजि गरिरहेका छन्।यसो भए ओलीले १३८ मत पुराउने सम्भावना देखिएको छ ।

जसपा सिंगै पार्टीले साथ दिए ओलीलाई १५२ मत पुग्नेछ।ओलीको विकल्पमा अर्को समिकरण वने पनि जसपा निर्णायक छ।काग्रेसको ६३ (मा ६१ मत), माओवादी केन्द्रको (५३ मा (सभामुख र ओलितिर लागेका ४ वाहेक ४८ मत) र जसपाको ३४ (मा ३२ मत) गरी कुल १४१ मत पुग्नेछ।सरकार वनाउन आवशयक १३८ मत पुग्ने भएकाले यो सरकार पनि वन्न सक्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.