राजमार्ग अवरुद्धपछि धौलागिरी अस्पतालमा अक्सिजन अभाव

राजमार्ग अवरुद्धपछि धौलागिरी अस्पतालमा अक्सिजन अभाव

बागलुङ : एक सातादेखि पोखरा–बागलुङ राजमार्ग अवरुद्ध भएपछि धौलागिरीवासीलाई सकस भएको छ । हप्ता दिनदेखि सडक अवरुद्ध हुँदा गम्भीर बिरामी  र अस्पतालले रेफर गरेकालाई काठमाडौं- पोखरा लैजान हेलिकोप्टर चार्टर गर्नुपरेको छ भने अन्य अत्यावश्यक सामग्रीको समेत अभाव हुन थालेको छ । 

धौलागिरी अस्पतालमा आवश्यक अक्सिजन, औषधि तथा अन्य स्वास्थ्य सामग्री समेत आपूर्तिमा समस्या हुन थालेको छ । पहिरोले सडकसँगै विद्युत र इन्टरनेट सेवा अवरुद्ध हुँदा धौलागिरी अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि त्यसको व्यवस्थापनमा निकै कठिन भएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बी पोखरेलले बताए । 

नियमित विद्युत सेवा आपूर्ति नहुँदा अस्पतालमा रहेको अक्सिजन प्लान्टले काम गर्न छोडेको र स्टकमा रहेका सिलिण्डर समेत सकिन थालेपछि त्यसको व्यवस्थापनमा मेसु विक आफै अक्सिजन व्यवस्थापनमा खटेका छन् ।

डा.पोखरेल आफै पोखरा पुगेर राजमार्गको पर्वत खण्डमा अवरुद्ध सडकको केही वैकल्पिक मार्ग र केही स्थानमा बोकेरै अस्पतालमा २५ सिलिण्डर अक्सिजन ल्याइएको छ । 

पोखराबाट मंगलबार बिहान लोड गरेको अक्सिजन बुधबार बिहान मात्रै धौलागिरी अस्पतालमा ल्याइएको डा.पोखरेलले बताए । सिलिण्डर तार्नका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण पर्वत र नेपाल प्रहरीले सहयोग गरेको थियो । 

‘वैकल्पिक सडकको प्रयोग गरेर ज्ञादीसम्म त सिलिण्डर ल्याइयो, त्यहाँ ल्याइसकेपछि पुल तार्न समस्या भयो तर सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण पर्वत, नेपाल प्रहरीले ठूलो सहयोग गर्नुभयो र बिहान ४ बजे मात्रै अस्पतालमा २५ वटा अक्सिजन ल्याउन सक्यौँ,' डा. पोखरेलले भने ।

अस्पतालमा अक्सिजन अभाव हुने संकेत देखिएपछि आफै पोखरा पुगेर सिलिण्डर भरेर ल्याइएको उनले बताए। नियमित विद्युत आपूर्ति नहुँदा संचालनमा रहेको अक्सिजन प्लान्टले अक्सिजन उत्पादन गर्न छोडेको र नयाँ अक्सिजन प्लान्ट निर्माण कार्य बल्ल सुरु भएकाले तत्कालका लागि अक्सिजन व्यवस्थापन चूनौतिपूर्ण बनेको पोखरेलले बताए । 

संक्रमितको संख्या कम भएपनि सम्भावित जोखिमलाई मध्यनजर गरी अक्सिजन सिलिण्डर जोहो गरेको अस्पतालले जनाएको छ । थप १३ वटा सिलिण्डर भर्नका लागि पोखरा पठाइएको छ । अस्पतालमा जतिबेला पनि अक्सिजन लगाउनु पर्ने बिरामी आउन सक्ने भएकाले त्यसको पूर्ववत व्यवस्थापन गरिएको छ ।

‘अहिले अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामी त कम हुनुहन्छ, तर संक्रमणको बेला छ, यस्तो बेला धेरै बिरामी एकै पटक आउनु भयो भने समस्या हुन्छ, सडक बन्द छ, त्यसले गर्दा हामीले पूर्व तयारी गर्नुपर्छ भन्ने हिसाबले अक्सिजन सिलिण्डर व्यवस्थापन गरिरहेका छौँ,' डा. पोखरेलले भने, ‘केही सिलिण्डर भर्नका लागि पोखरा पठाएका पनि छौँ, १/२ दिनमा सडक खुल्यो भने केही सहज हुनेछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.