जन्मदर्ता पाउनै सकस

जन्मदर्ता पाउनै सकस

बागलुङ : गलकोट–७ का १२ वर्षीय रामबहादुर सुनार जन्मदर्ताको प्रमाणपत्र पाउनबाट बञ्चित भएका छन्। बाबुआमा दुवै नभएका कारण जन्मदर्ता बनाउन समस्या भएको हो। 

रामबहादुर जन्मँदा उनकी आमाले प्रसवमै ज्यान गुमाइन्। त्यसको केहीपछि बाबु गोमबहादुर दोस्रो बिहे गरेर सम्पर्कवीहिन भए। रामबहादुर काठेखोला–७ लेखानीस्थित मामाघरमा बस्दै आएका छन्। 

‘छोरीलाई बचाउन सकिएन,’ टुहुरो नातीलाई यतै ल्याएर हुर्काएका छौं, पढाइरहेका छौं,’ मावलका हजुरबुबा धनबहादुर बिकले भने, घरतर्फको कोही नहुँदा जन्मदर्ता दिलाउन सकिन।’ जन्मदर्ताका लागि वर्षौंदेखि ज्वाईंको खोजी गरिरहेको उनले सुनाए। ‘उमेर बढ्दै जाँदा नागरिकतालगायत कागजात चाहिन्छ। समस्या हुने भयो,’ धनबहादुरको दुःखेसो छ, ‘अब के गर्ने होला ?’ 

जन्मदर्ताका लागि विद्यमान ऐन, कानुनले आमा या बाबु अनिवार्य गरेकाले समस्या भएको वडासचिव भीमबहादुर घर्तीले बताए। 

‘परिवार र बालकको संवेदनशीलताबारे जानकार छौं। तर, कानुन अनुसार दिन मिल्दैन,’ सचिव घर्तीले भने, ‘नगरको कार्यपालिकाले यस्ता संवेदनशील विषयमा निर्णय गरेमा गाँठो फुकाउन सहज हुन्छ।’ जनप्रतिनिधिहरूले पनि गम्भीरतापूर्वक छलफल, बहस चलाएर निर्णय लिन आवश्यक रहेको उनी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.