अधिकार प्राप्त नहुँदा संविधान कार्यान्वयनमा समस्या : मुख्यमन्त्री चौधरी

अधिकार प्राप्त नहुँदा संविधान कार्यान्वयनमा समस्या : मुख्यमन्त्री चौधरी
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले निदृष्ट गरेका अधिकारहरु कार्यान्वनमा नआउँदा जटिलता आइरहेको बताए। उनले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेको बताए। यसले गर्दा संघीयता कार्यान्वयनमा समस्या रहेको तर्क मुख्यमन्त्री चौधरीको छ। संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उनले बताए। 

उनले संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पुर्‍याइरहेको दावी गर्दै अधिकार बाँडफाँट संविधान अनुसार हुनुपर्ने र त्यो शीघ्र कार्यान्वयनमा जानु पर्ने बताए। ‘म आज पनि भन्छु, संघीयता फेल भयो भने हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’, उनले भने, ‘अधिकार बाँडफाँटमा संकुचित हुनुभएन, जे-जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ।’ संविधान पूर्ण कार्यान्वयनको लागि संघीयता कार्यान्वयन पूर्ण हुनु पर्ने उनले बताए। 

संविधानमा सबैको भावना समेटिएको भन्दै उनले भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको तर्क गरे। उनले प्रदेश सरकारलाई अधिकार समपन्न गराउन केन्द्रसँग आग्रह समेत गरे। संविधान कार्यान्वयन गर्न सबै निकायहरू बीचमा समन्वय र सहकार्य हुनुपर्ने बताए। संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए। तर, प्रदेशले गरेको प्रतिबद्धता पूरा गर्न केन्द्रको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ। 

‘संविधानमा भएका अधिकारहरू चाँडै प्रदेशले प्राप्त गरोस्। सम्माननीय प्रधानमन्त्रीज्युलाई मेरो आग्रह छ, संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याँइ भएको छ?’, उनले भने, ‘अहिलेको संविधान यस्तो संविधान हो, हामीलाई गाली गर्न छुट छ। यो संविधान मान्दैनौँ भन्नेहरूलाई पनि यो संविधानले छुट दिएको छ।’

अब विकासमा प्रतिस्पर्धा हुनु पर्छ, तब मात्रै संघीयताको महत्व बुझिने उनले बताए। ‘सात वटा प्रदेश मध्य कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिस्पर्धा हुनुपर्छ’, उनले भने, ‘जनतासँग नजिक हुनको लागि यो संविधानले महत्वपूर्ण योग्दान दिएको छ। भाषा र ठाउँलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि महत्वपूणर्ण छ।’
 
प्रदेश सरकारले संविधान दिवसलाई उत्सवको रुपमा विभिन्न जातजातिका कला संस्कृति प्रदर्शन गरेर मनाएको छ। थारु, मगर, अवधी समुदायको कलासंस्कृति प्रस्तुत गरिएको थियो। महिलाहरुले पञ्चेबाजा बजाए भने, थारु महिलाहरुले झुमरा नाच प्रस्तुत गरे। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.