सुदूरपश्चिम सरकारले इजरायलमा निधन भएका विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने

सुदूरपश्चिम सरकारले इजरायलमा निधन भएका विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही  दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन्। मुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेत व्यक्त गरेका छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गरेका छन्।

इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सातजना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ । 

इजरायली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायणप्रसाद न्यौपाने, बाउनिया ३ कैलालीका आशिष चौधरी, जयपृथ्वी ६ बझाङका गणेशकुमार नेपाली, लेकाम ५ दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, पचनाली डोटीका राजन फुलारा, लामिखाल ८ डोटीका पदम थापा पदम थापा रहेका छन्। उनीहरु सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ । 

सोही आक्रमणमा परी सपही- ६ धनुषाका आनन्द शाह, मधुवन- १ सुनसरीका राजेशकुमार स्वर्णकार र  सारदा- ३ सल्यानका प्रवेश भण्डारीको पनि निधन भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.