म्याराथनमा पुकार, स्लोबाइक राइडमा सुशील प्रथम

म्याराथनमा पुकार, स्लोबाइक राइडमा सुशील प्रथम
सुन्नुहोस्

ओखलढुंगा : ओखलढुंगामा सञ्चालित म्याराथन तथा स्लो बाइक राइड प्रतियोगिता सम्पन्न भएको छ। स्थानीय स्तरमा पहिलोपटक आयोजित खुल्ला म्याराथनमा सोलुखुम्बुका पुकार वस्नेतले उपाधि हात पारेका छन्। १० किलोमिटरको प्रथम सानिटार खुल्ला म्याराथनतर्फ वस्नेतले ३५ मिनेट ३० सेकेण्डमा पार गर्दै प्रथम भए। नेपाली सेनाका सूर्यबहादुर आलेले ३५ मिनेट ३६ सेकेण्डमा निर्धारित दूरी पार गर्दा दोस्रो भए। 

त्यस्तै, सिद्धिचरण नगरपालिका ७ का सुसन श्रेष्ठले ३५ मिनेट ४५ सेकेण्डमा दूरी पार गरी तृतीय स्थान हासिल गरे। २१ जना सहभागी रहेको यो प्रतियोगिताका विजेताहरूले क्रमशः १२ हजार, ८ हजार र ४ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे। 

त्यस्तै, स्लो बाइक राइडतर्फ ७० मिटर दूरीको प्रतियोगितामा मोलुङ १ का सुशील कार्कीले २ मिनेट ३० सेकेण्ड लगाएर दूरी पार गर्दै प्रथम भए। विपुल कार्कीले १ मिनेट ३६ सेकेण्ड तथा सिद्धिचरण नगरपालिका ११ का विनोद दयालले १ मिनेट ३५ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे। उनीहरूले क्रम ८८४८, ४४४४ र २२२२ रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र हात पारे। 

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। प्रतियोगिता मदरल्याण्ड तेक्वान्दो डोजाङले आयोजना गरेको हो। डोजाङले कारागारमा व्ययामशाला पनि सञ्चालन गर्दै आएको प्रतियोगिताका प्रचार संयोजक रोशन दाहालले जानकारी दिए। प्रतियोगिताका अलावा कार्यक्रममा ट्राफिक सचेतनाका विषयमा पनि सहभागीहरूलाई जानकारी गराइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.