बजेट अभावले ९ वर्षदेखि ‘लाइफ लाइन’ सडक निर्माणको काम अधुरै

बजेट अभावले ९ वर्षदेखि ‘लाइफ लाइन’ सडक निर्माणको काम अधुरै
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

ओखलढुंगा : जिल्लाका दुई सडक बजेट अभावमा अधुरै छन् । २०७१ सालमा सम्बन्धित क्षेत्रका सांसदको सिफारिसमा छनौट भएका लिखु एकवार सडक र मोलुङ एकवार सडकमा बजेट नहुँदा काम अधुरै छन् । 

जिल्लाको विकासमा ‘लाइफ लाइन’ मानिएका सडकमा बहुवर्षे ठेक्का लगाएर काम थाले पनि बजेट नआउँदा काम अधुरै रहेको हो । रणनीतिक सडकका रुपमा रहेका लिखु र मोलुङ एकवार सडकको काम २०७१ सालबाट सुरु भएको थियो। सम्बन्धित निर्वाचन क्षेत्रका सांसदहरुको सिफारिसमा रणनीतिक सडकका रुपमा छनोट गरिएका ती सडकको अहिले अवरुद्ध छन् । 

मोलुङ एकवारमा गत वर्ष ६.५ किलोमिटर कालोपत्रे र ३ किलोमिटर बाँकी ट्रयाक खोल्न लगाइएको ठेक्काको काम गरेको समेत भुक्तानी भएको छैन । भूक्तानी नहुँदा काम छाडेर निर्माण व्यवसायीले निर्माण उपकरण समेत हटाउन थालेका छन् भने कामदारले समेत पैसा पाएका छैनन् । 

३ करोड बढीको बिल पेश भएकोमा बजेट अभावले ७० लाख मात्रै रकम भुक्तानी गर्न सकिएको हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख सिंह बहादुर विष्टले जानकारी दिए । उनका अनुसार रकम अभावका कारण २ करोड हाराहारी काम भएको रकम समेत भुक्तानी हुन सकेको छैन । 

९ वर्षपहिले तत्कालीन सांसद यज्ञराज सुनुवारको सिफारिसमा छनौट गरेर जिल्लालाई उत्तर दक्षिण जोड्न सुरु गरिएको उक्त सडक संघीयता कार्यन्वयनपछि प्रदेश र संघ कस्को क्षेत्राधिकारमा पर्ने भन्ने विवादले काम हुन सकेको थिएन । 

गत वर्ष लागेका ठेक्काको समेत रकम निकासा नभएपछि कामदारले समेत रकम भुक्तानी नपाउँदा कार्यालयमै आउन थालेको प्रमुख विष्टको भनाइ छ । विभाग र मन्त्रालयमा सबै फायल पेश गरेर अर्थ मन्त्रालयमा समन्वय भइरहेको उनले जानकारी दिए । 

निर्माण कम्पनी महालक्ष्मी भूजेल जेभीका अनुसार २२ करोड ७० लाखमा ६.५ किलोमिटर कालोपत्रे र ३ किलोमिटर बाँकी ट्रयाक खोल्ने ठेक्का सम्झौता भएको हो । सम्झौतापछि भएको काममध्ये १ करोड ७७ लाख बढीको बिल भुक्तानी नभएपछि कात्तिकमा भुक्तानीका लागि ताकेता गरे पनि बजेट अभावका कारण दिन नसकेको कार्यालयले जानकारी दिएको कम्पनीका प्रमुख तेजबहादुर भूजेलले बताए । 

सम्झौता भए पनि करोडौं रकमको काकी भुक्तानी नभएकाले अरु काम गर्न नसकिने अवस्थामा पुगेको उनको भनाइ छ । लामो समयसम्म काम गरेको रकम भुक्तानी नभएपछि निर्माण कम्पनीले सडक निर्माण उपकरणहरु समेत हटाउन थालेको छ । उक्त सडक पुरा भएमा ओखलढुंगा सदरमुकाम र पश्चिमका भू-भागबाट मध्यपहाडी राजमार्गको घुर्मी एक घण्टामा पुगिन्छ । 

त्यस्तै मध्यपहाडीकै सिन्धुलीको फिक्लल जाड्ने लिखु एकवाको अवस्था पनि नाजुक छ । बजेट अभावमा पटक पटक काम नहुने र ठेक्का लिएका ठेकेदारले समयमा काम नगर्दा मोलुङसँगै सुरु भएको यो सडकको प्रगति झन् न्यून छ । यो सडक सांसद रामहरि खतिवडाको सिफारिसमा छनौट भएको हो ।

लामो समय काम रोकिएर गत वर्ष आएको ५० लाख बजेटको ठेक्का लागेर सम्झौता भएको छ । त्यसले गे्रड नमिलाइ खोलिएका विगतका ट्रयाकको ग्रेड मिलाउने र करिब ६ सय मिटर रक कटिङको काम हुने इञ्जिनियर राम बिलास शाहले बताए । उनले विभिन्न कर्यालय हुँदै जिम्मेवारी सरेर आएको,बजेट नआउने भएकाले काम रोकिने आदि कारण यी सडकहरुको यकिन विवरण समेत भन्न सकिने अवस्था नरहेको शाहले बताए ।  

जिल्लाको पूर्वाधार विकास अन्र्तगत सांसदको सिफारिसमा रणनीतिक योजना छनौट गर्ने र तिनलाई प्रथामिकता दिने विगत सरकारको योजना अनुसार ६५ जिल्लामा यस्ता रणनीतिक सडकहरु छनौट भइ काम शुरु भएपनि अधिकांशलाई सरकारले बजेट नदिँदा अवरुद्ध छन् । 

तीन जिल्ला हेर्ने हर्कपुर सडक डिभिजन कार्यालयले खोटाङ र सोलुका लागि १०/१० करोड तथा ओखढुंगाका लागि १२ करोड बजेट तथा सडकहरुको स्टाटस पेश गरेर बजेट माग गरेको थियो । बजेट अभावले रणनीतिक सडक अधुरा रहँदा अन्य विकास निर्माणका काममा समेत असर परेको छ।

वर्तमान सरकारले रणनीति सडकका रुपमा छनौट भएका योजनाहरुमा चासो नदिएको जिल्लाबासीको गुनासो छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.