रोकिएको हात्ती महोत्सव यसपालि

रोकिएको हात्ती महोत्सव यसपालि
फाइल तस्बिर।
सुन्नुहोस्

चितवन : पर्यटकीय नगरी चितवनको सौराहामा हात्ती महोत्सवको तयारी थालिएको छ। ४ वर्षदेखि रोकिएको महोत्सव यो वर्षबाट फेरि सुरु गर्न लागिएको हो। 

पुस १० गतेदेखि १४ गतेसम्म क्षेत्रीय होटल संघ नेपाल सौराहाले १७औं हात्ती तथा पर्यटन महोत्सवका रूपमा तयारी गरेको हो। कोभिडको संक्रमणका कारण सन् १०१८ पछि हात्ती महोत्सव हुन सकेको थिएन। 

सौराहामा अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउन हात्ती तथा पर्यटन महोत्सव आयोजना गर्न लागिएको हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताए। ‘लामो समयदेखि रोकिएको महोत्सव पर्यटक भित्र्याउन यसपटकदेखि नयाँ ढंगले गर्दैछौं,’ पाण्डेले भने, ‘विभिन्न संघ–संस्थासँग समन्वय र छलफल सुरु गरेका छौं। त्यसपछि बाँकी काम हुनेछ।’ 

विगतको भन्दा यसपटक संस्करणमा हात्ती महोत्सवलाई केही परिमार्जन गरिएको छ। हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गरिने आयोजकले जनाएको छ। यसपटक हात्तीलाई दुःख नहुने खालका गतिविधि गरिँदैछ। पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौड यसपटक हुँदैन। यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गरिने भएको छ। 

साथै डुंगा दौड, पर्यटकीय गोष्ठी र सेमिनार पनि हुने क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले बताए। ‘पशुअधिकारकर्मीले हिजो भनेका सुझावलाई मनन् गरेर हात्तीलाई दुःख नदिने खालका गतिविधि हुनेछ’, थपलियाले भने, ‘हात्ती मात्रै होइन पर्यटन महोत्सवका रूपमा परिमार्जन गरेका छांै। त्यसमा गोष्ठी  र सेमिनारसहितको कार्यक्रम हुनेछ।’

हात्ती महोत्सवको मुख्य आकर्षण भनेको हात्ती सुन्दरी प्रतियोगिता हो। हात्तीको सरसफाइ, स्वास्थ्य र सजावटको मूल्याङन हात्तीको सुन्दरीको उपाधि दिइन्छ। त्यस्तै हात्तीको वनभोज अर्को आकर्षण हुनेछ। 

हात्तीलाई बिदा दिएर एक दिन उसलाई मनपर्ने परिकार खुवाइन्छ। पशु चिकित्सक र प्राविधिकसहित सामूहिक वनभोज गराइन्छ। यसपटक ३० वटा निजीसहित ४० हात्ती सहभागी गराइँदैछ। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए। ‘हात्तीको संरक्षण हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘हात्तीको स्याहार, स्वास्थ्यसहितको कार्यक्रम आकर्षण हुनेछ।’ 

कोभिडको कारण सन् २०१८ देखि हात्ती महोत्सव रोकिएको थियो। यसपटक हात्ती महोत्सवको स्थान पनि परिवर्तन गरिएको छ। यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा गरिँदै आएको हात्ती महोत्सव यसपटक चित्रसारीको चौरमा गर्न लागिएको हो। महोत्सवले बाह्यसँगै आन्तरिक पर्यटक आउने क्षेत्रीय होटल संघ सौराहा कोषाध्यक्ष माधव दुवाडीले बताए। ‘यसपटक प्रचार–प्रसारका लागि ट्राभल एजेन्सीसहित विदेशी मिडियालाई पनि लक्षित गरेका छौं,’ उनले भने, ‘यसले पर्यटक बढ्नेछ भन्ने सोचेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.