एमाले कोसी प्रवेश गर्ने बित्तिकै अवरोधको प्रयास

एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोज्ने पूर्वमन्त्री किराँतीसहित ५ जना पक्राउ

एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोज्ने पूर्वमन्त्री किराँतीसहित ५ जना पक्राउ

आन्दोलनमा जसपा, माओवादी केन्द्र र कांग्रेसका पहिचान पक्षधर कार्यकर्ताहरु पनि देखिएका छन्।

ओखलढुंगा : नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रालाई अवरोध गर्न खोज्ने पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जना पक्राउ परेका छन्। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा एमालेको नेतृत्व बागमती प्रदेशको सिन्धुलीबाट आज कोसी प्रदेशतिर प्रवेश गर्न लागेपछि पहिचान पक्षधरको नाममा अवरोध गर्ने प्रयास गरिएको हो।

एमालेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित अभियान रोक्न पहिचान पक्षधरले बन्द आह्वान गरेका छन्। उनीहरुले बाटोमा रुख ढालेर अवरुद्ध गराएका छन्, सडकमा शंकास्पद वस्तु राखेको पाइएको खोटाङ प्रहरीले पुष्टि गरेको छ। 

शंकास्पद वस्तु राखेपछि बम भनेर हल्ला गरेपछि त्रास फैलिएको छ। आन्दोलनमा जसपा, माओवादी केन्द्र र कांग्रेसका पहिचान पक्षधर कार्यकर्ताहरु पनि देखिएका छन्। ओखलढुंगा र खोटाङका सडक खण्डमा ढालिएका रुख प्रहरीले पन्छाएपछि अहिले सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी दिपक केशीले अन्नपूर्णलाई जानकारी दिए।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले एमालेको अभियानलाई अवरोध गर्ने बताउँदै आएको छ। तर एमाले पार्टीको अभियानलाई अवरोध नगर्न आग्रह गरेको छ। 

आज ओखलढुंगाको हर्कपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरुलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट नेता कार्यकर्ता घुर्मीमा भेला भइरहेका छन्। एमाले अध्यक्ष ओलीले यस अगाडि नै कोसीमा एमालेलाई रोक्ने प्रयास गरे सामना गर्ने चेतावनी दिएका छन्। 

अध्यक्ष ओलीले उनले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताएका थिए। उनले भने, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको। प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका गलत कुराहरु हामीले धेरै देखेका छौँ, यस्तो फुर्ती नलगाए हुन्छ, हामीले सामना गर्न नपरोस्, म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुस्, यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.