‘कोशीमा प्रवेश गर्न दिन्नँ, आक्रमण गर्छु भन्ने गलत कुरा देखेका छौं, सामना गर्न तयार छौं’

वर्तमान सरकार कमाउ धन्दामा लागेकाले जनताको नजरमा गिर्‍यो : ओली

वर्तमान सरकार कमाउ धन्दामा लागेकाले जनताको नजरमा गिर्‍यो : ओली

प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै ओलीले आफन्तका लागि बाहेक जनता, लडाकु, घाइते, शहीद, शहिदका परिवारका लागि केही गर्न नसकेको बताए।

नुवाकोट : नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब बलियो राष्ट्रिय शक्तिको सरकार अपरिहार्य रहेको बताएका छन्। नेकपा एमालेले सञ्चालन गरेको संकल्प यात्राअन्तर्गत नुवाकोटको वट्टारबजारमा आयोजित सभालाई शनिबार राति सम्बोधन गर्दै ओलीले वर्तमान सरकार कमाउ धन्दामै लागेका कारण जनताको नजरमा गिरिसकेको ठहर गरेका हुन्। 

उनले वर्तमान सरकार देशका लागि अफापसिद्ध भइसकेको दावी गरेका हुन्। देशको हितको पक्षमा केही गर्न सक्ने सरकार मात्र अब जनताले मन पराउने भएकाले त्यसको नेतृत्व एमालेले गर्ने ओलीको दाबी छ। अरु कसैको इसारामा एयरपोर्ट चलाउन नसक्ने, देशको हितको पक्षमा केहि गर्न नसक्ने गठबन्धनको सरकार लुत्ते कुकुर जस्तै र हुतिहारा रहेको संज्ञा उनले दिए। उनले देशको स्वाधिनता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्न नसक्ने सरकार कुर्सीमा बसिरहनुको कुनै औचित्य नरहेकोसमेत बताए। 

उनले भने, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको। प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका गलत कुराहरु हामीले धेरै देखेका छौँ, यस्तो फुर्ती नलगाए हुन्छ, हामीले सामना गर्न नपरोस्, ’

ओलीले स्वाधीन राष्ट्रले स्वतन्त्रता उपयोग गर्न नसक्नु लज्जाको विषय भएको बताए। उनले अगाडि भने, ‘लिम्पीयाधुरा, लिपुलेक, कालापानीका प्रश्न उच्चस्तरीय संवादहरुमा किन उठ्दैन ? यो भन्दा गए गुज्रेका कुरा के हुन्छ? त्यो न्दा देश प्रतिको बेइमानी के हुन्छ?’

अध्यक्ष ओलीले सरकारको नालायकीले देशमा प्रतिगामी शक्तिहरु फेरि उठ्न थालेको बताए। ओलीले सरकारको गलत रवैयाका कारण यतिखेर यो वा त्यो बहानामा देशलाई समस्यामा पार्ने तत्वहरु सल्बलाइरहेको बताए। राष्ट्रियताको सवालमा पनि एमालेबाहेक अरु कसैले रक्षा गर्न नसक्ने बताए।

null
उनले भने, 'विदेशबाट सञ्चालित, कसैको इसारामा नेपालमा एकता हुन नदिने, नेपालमा शान्ति हुन नदिने, नेपालमा लोकतन्त्र हुन नदिने, त्यसप्रति जनताको विश्वास हटाउने, अशान्ति मच्चाउने, शान्ति खलबल्याउने र देशलाई असहज स्थितिमा पारेर अरुकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्वहरू लागिरहेका छन्।’ 

उनले आफूले सरकार चलाउँदा उत्पादन वृद्धिदर ७ प्रतिशतभन्दा बढी पुर्‍याएको दाबी गरे। उनले अगाडि भने, 'एमालेको सरकार बन्नुअघि वर्षमा १० किलोमिटर सडक कालोपत्र हुन्थ्यो भने एमालेले साढे ५ किलोमिटरभन्दा बढी त एकैदिनमा गर्‍यो। अरुले एक वर्षमा गरेको काम एमालेले दुई दिनमै गर्‍यो। तर, अहिले त त्यो १० किलोमिटर पनि के होला? विकास निर्माणको काम ठप्प भएको छ।’

null

प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै ओलीले आफन्तका लागि बाहेक जनता, लडाकु, घाइते, शहीद, शहिदका परिवारका लागि केही गर्न नसकेको बताए।

अध्यक्ष ओलीले उनले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताए।उनले भने, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको। प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका गलत कुराहरु हामीले धेरै देखेका छौँ, यस्तो फुर्ती नलगाए हुन्छ, हामीले सामना गर्न नपरोस्, म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुस्, यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.