बंगलादेश फर्किने शेख हसिनाको घोषणा : मृत्युदण्डको सजायलाई भनिन् ‘गैरकानुनी’

बंगलादेश फर्किने शेख हसिनाको घोषणा : मृत्युदण्डको सजायलाई भनिन् ‘गैरकानुनी’

भारत : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् ।

एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका लागि राजनीति गर्दिनँ । म बंगलादेशका जनताको हितका लागि राजनीति गर्छु । सबै अवरोध र षड्यन्त्र पार गर्दै म यसै वर्ष आफ्नो देश फर्किने छु ।’

उनले आफ्नो पार्टी अवामी लिग कुनै साधारण राजनीतिक दल नभई बंगालको इतिहास, पहिचान र जनताको शक्तिसँग जोडिएको संगठन भएको दाबी गरिन् । साथै, आफ्ना पिता बंगबन्धु शेख मुजिबुर रहमानले देखेको ‘सोनार बांग्ला’ निर्माणको सपना पूरा गर्न आफू राजनीतिमा आएको उल्लेख गरिन् ।

मृत्युदण्डको सजायलाई भनिन् ‘गैरकानुनी’
शेख हसिनाले आफूलाई बंगलादेशमा सुनाइएको मृत्युदण्डको सजायलाई गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाइन् । उनका अनुसार न्यायपालिकालाई अवामी लिगको नेतृत्वविरुद्ध बदला लिन प्रयोग गरिएको छ । उनले भनिन्, ‘म मृत्युसँग डराउँदिनँ । सन् १९७५ मा मैले आफ्ना पिता, दाजुभाइ र परिवारका अधिकांश सदस्य गुमाएकी थिएँ । ममाथि पटक–पटक षड्यन्त्र र आक्रमण भए, तर हरेक पटक त्यसलाई पार गरेकी छु ।’ 

हसिनाले आफू पाँच पटक जनमतबाट प्रधानमन्त्री निर्वाचित भएको र देशको विकासका लागि निरन्तर काम गरेको उल्लेख गर्दै अवामी लिग विगत ७७ वर्षदेखि अनेकौं प्रतिबन्ध, हमला र रक्तपातका बाबजुद जनताको समर्थनका कारण बारम्बार उठ्न सफल भएको दाबी गरिन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.