निर्माणाधीन घरको पानीट्यांकीमा मृत भेटिएका शव दाजु-भाइको भएको पुष्टि

निर्माणाधीन घरको पानीट्यांकीमा मृत भेटिएका शव दाजु-भाइको भएको पुष्टि
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र मृत भेटिएका शवको पहिचान खुलेको छ ।

घर निर्माणको ठेक्का लिएका ठेकेदार तुलसीपुर -९ का कमल गिरी र सोही घर निर्माणमा मिस्त्रीको रुपमाका गर्दै आएका घनश्याम गिरी रहेको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू  स्थायी घर सल्यान माल्टा रहेको र हाल तुलसीपुर–९,मा बस्दै आएका थिए । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएपी) होमबहादुर पराजुलीका अनुसार मृतकहरू नातामा दाजुभाइ हुन् । उनीहरू एकै घरका दाजु भाइका छोराहरू रहेको बुझिएको छ। कमल निर्माण व्यवसायी (ठेकेदार) र घनश्याम मिस्त्रीका रूपमा घर ठेक्का लिएर संयुक्त रूपमा काम गर्दै आएका थिए ।

पानीट्यांकीको फर्मा (सेट्रिङ) निकाल्नका लागि भित्र छिरेका बेला अक्सिजनको कमी भइ निस्सासिएर उनीहरूको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

यो पनि पढ्नुहोस


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.