शरीरमा पेट्रोल छर्किएका युवकलाई प्रहरीले जोगायो

शरीरमा पेट्रोल छर्किएका युवकलाई प्रहरीले जोगायो
एआई सिर्जित तस्बिर
सुन्नुहोस्

विराटनगर : विराटनगरमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका छन्। समयमै प्रहरी पुगेर उनलाई सकुशल उद्धार गरेको छ। 

सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिका-१ घर भई हाल विराटनगर महानगरपालिका-१३ मा डेरा गरी बस्दै आएका ३५ वर्षीय सञ्जीव झालाई बुधबार अपरान्ह प्रहरीले उद्धार गरेको हो। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रारम्भिक अनुसन्धानमा पत्नीसँग भएको विवादपछि झाले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको खुलेको छ। घटनास्थलबाट उनले प्रयोग गर्न तयार पारेको सलाईसमेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार अपरान्ह करिब ४:३० बजे युवकले आत्मदाहको प्रयास गरेको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीको सक्रियताका कारण सम्भावित ठूलो दुर्घटना टरेको एसपी कटवालले बताए। उद्धारपछि झालाई वडा प्रहरी कार्यालयमा राखिएको छ । घटनाको कारण र पारिवारिक अवस्थाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार झाको परिवार विराटनगरमै बस्दै आए पनि उनी भने रोजगारीका लागि भारतमा बस्ने गरेका थिए। उनी ४ दिनअघि मात्रै विराटनगर फर्किएका थिए। प्रहरीका अनुसार विगतमा पनि परिवारभित्र झैझगडा हुने गरेको देखिएको छ। झाका पत्नी र दुई सन्तान छन्। पत्नीसँगको झगडापछि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले जोगाएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.