मंगलबार र बुधबार देशका विभिन्न प्रदेशमा मुसलधारे वर्षा हुने, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम

मंगलबार र बुधबार देशका विभिन्न प्रदेशमा मुसलधारे वर्षा हुने, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम
सुन्नुहोस्

काठमाडौं : आगामी मंगलबार र बुधबार देशका विभिन्न प्रदेशमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसमी बुलेटिन-१ जारी गरेर उक्त जानकारी दिएको हो। 

विभागका अनुसार आगामी असार १६ र १७ गते मनसुनी गतिविधि बढ्न गई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । 

देशका पहाडी र तराई भू-भागका धेरै स्थानमा  तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बंगालको खाडीमा विकसित हुने न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन बाँकी भू–भागमा पनि फैलिने सम्भावना छ। 

सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने विभागले जनाएको छ। 

विभागले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.