लागूऔषधसहित दुई भारतीय पक्राउ गर्न प्रहरीले गर्‍यो हवाइ फायर

लागूऔषधसहित दुई भारतीय पक्राउ गर्न प्रहरीले गर्‍यो हवाइ फायर
फाइल तस्बिर
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषामा लागूऔषधसहित पक्राउ गर्न खोज्दा भाग्न खोजेका दुई भारतीय नागरिकलाई प्रहरीले हवाइ फायर गरेर नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्ला, हरलाखी थाना–५ बस्ने २६ वर्षीय सन्तोषकुमार महतो र भारतकै बिहार राज्यअन्तर्गत बसोपट्टी थाना–२ बस्ने ४५ वर्षीय मिथलेस साहु रहेका छन्।

मिथिला नगरपालिका–६ ढल्केवरस्थित लक्ष्मीनिवास जाने भित्री सडकखण्डबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए।

उनका अनुसार भारतबाट नेपालतर्फ लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी निरीक्षक लक्ष्मण केसीको कमाण्डमा र लागूऔषध नियन्त्रण ब्युरो बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त टोलीले शंकास्पद दुई जनालाई देखेर नियन्त्रणमा लिन खोजेको थियो।

प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरो बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी सहायक निरीक्षक प्रकाश राज थापाले एक राउन्ड हवाइ फायर गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले सन्तोषकुमार महतोको साथबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने गिलो पदार्थ प्लास्टिकसहित १०३.२२० ग्राम र प्लास्टिकबाहेक ९५.५९० ग्राम बरामद गरेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.