आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा
काठमाडौं : आज राति देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !