नेपालमा अबदेखि २०० र ५०० दरका भारु चल्ने

नेपालमा अबदेखि २०० र ५०० दरका भारु चल्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले नेपालमा नगद विदेशी मुद्रा भित्र्याउने तथा बाहिर लैजाने सम्बन्धी व्यवस्था संशोधन गर्दै अब २०० र ५०० दरका भारतीय रुपैयाँका नोट पनि ल्याउन, लैजान र सटही गर्न सकिने व्यवस्था गरेको छ। यात्रुले भन्सार घोषणा नगरी नेपालमा ल्याउन पाउने अमेरिकी डलरको सीमा पनि बढाएर ५ हजार डलर पुर्‍याइएको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली वा विदेशी नागरिकले अब भन्सार घोषणा नगरी अमेरिकी डलर ५ हजारसम्म (वा सो बराबरको अन्य विदेशी मुद्रा) नेपाल भित्र्याउन सक्नेछन्। यसअघि यो सीमा कम थियो। ५ हजार डलरभन्दा बढी रकम ल्याउँदा भने भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था यथावत् राखिएको छ।

त्यस्तै भारत सरकारले सन् २०१६ नोभेम्बर ८ पछि प्रचलनमा ल्याएको २०० र ५०० दरका भारतीय रुपैयाँका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। यसअघि ५०० र १००० दरका नोटको कारोबारमा प्रतिबन्ध रहेकामा नयाँ डिजाइनका २०० र ५०० दरका नोटलाई भने निश्चित सीमाभित्र अनुमति दिइएको हो।

राष्ट्र बैंकले भने नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था भने यथावत् रहेको स्पष्ट पारेको छ। यस विषयमा २०८२ भदौ १० मा प्रकाशित पुरानो सूचना खारेज गरिएको पनि बैंकले जनाएको छ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.