३९ करोड बढी भ्रष्टाचार गरेको आरोपमा मधेसका पूर्व अर्थमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
३९ करोड बढी भ्रष्टाचार गरेको आरोपमा आयोगले मन्त्री साहसहित तत्कालीन सचिव गेजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन मेयर भरतकुमार थापा, सोही नगरपालिकाका तत्कालीन उपमेयर लीला कुमारी मोक्तान, तत्कालीन प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्ववराज न्यौपाने र बिकोई/धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बागमती फन पार्क एन्ड रिसोर्ट निर्माण आयोजनामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो। आयोगले मन्त्री साह र उपसचिव ठाकुरसँग ३५ करोड बिगो माग गरेको छ।
त्यस्तै बागमती नगरपालिकाका तत्कालीन मेयर, उपमेयर र प्रशासकीय अधिकृतसँग ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ बिगो माग गरेको छ। त्यस्तै मन्त्रालयका उपसचिवसँग२० करोड र निर्माण कम्पनी बिकोई/धुलिखेल जेभी प्रालिसँग ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ बिगो माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस !