कक्रोच जनता पार्टीले भन्यो- जे गरे पनि मानिसहरू जन्तर-मन्तर पुगेरै छाड्छन्
नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा १६ वटा मेट्रो स्टेशन बन्द गरिएपछि कक्रोच जनता पार्टी (सीजेपी)ले सरकारको कडा आलोचना गरेको छ।
पार्टीले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया जनाउँदै, 'यसको अर्थ के हो? मोदीजी, सिधै धर्मेन्द्र प्रधानलाई पदबाट हटाउनुस् र यो विषय टुंग्याउनुस्,' भनेको छ।
सीजेपीले मेट्रो स्टेशन पटक-पटक बन्द गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ। 'हरेक दिन मेट्रो स्टेशन बन्द गर्ने नाटक किन? जे गरे पनि मानिसहरू जन्तर-मन्तर पुगेरै छाड्छन्,' सीजेपीले भनेको छ।
नीट परीक्षाको प्रश्नपत्र चुहावटको विरोधमा सीजेपीले जन्तर-मन्तरमा सुरु गरेको आन्दोलन एक महिनाभन्दा बढी समयदेखि जारी छ। आन्दोलनमा समर्थन जनाउन दैनिक हजारौं युवाको सहभागिता हुँदै आएको छ।
पछिल्ला तीन-चार दिनयता आन्दोलनस्थलमा प्रहरी र प्रदर्शनकारी युवाबीच पटक-पटक झडपसमेत भएको छ।
प्रतिक्रिया दिनुहोस !