प्रश्नपत्र चुहावट प्रकरण : ‘फास्ट ट्रयाक’ अदालत गठन गर्ने मोदीको घोषणा

प्रश्नपत्र चुहावट प्रकरण : ‘फास्ट ट्रयाक’ अदालत गठन गर्ने मोदीको घोषणा
सुन्नुहोस्

भारत : दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा भइरहेको आन्दोलनका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणमा कडा कारबाही गरिने घोषणा गरेका छन् । युवाको भविष्यलाई सर्वोच्च प्राथमिकता दिँदै उनले पेपर लिकका दोषीलाई छिटो र कडा सजाय दिलाउन फास्ट–ट्रयाक अदालत गठन गर्ने निर्णय गरिएको बताएका हुन् ।

प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक एक्समार्फत लेखेका छन्, ‘देशका युवाको हित र भविष्य हाम्रो सर्वोच्च प्राथमिकता हो । पेपर लिकका सबै घटनामा दोषीलाई यथाशीघ्र कडा सजाय दिन तथा मुद्दाको छिटो टुंगो लगाउन फास्ट–ट्रयाक अदालत गठन गरिनेछ । यसका लागि सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ । युवाको भविष्यसँग खेलवाड गर्ने कसैलाई पनि कुनै हालतमा छुट दिइने छैन ।’

प्रदर्शनका क्रममा लाठीचार्ज र अश्रुग्यास

प्रधानमन्त्रीको यो प्रतिक्रिया २० जुलाईको ‘संसद चलो’ मार्चपछि प्रदर्शनकारीहरू लगातार तेस्रो दिन जन्तर–मन्तरमा धर्नामा बसेका बेला आएको हो । संसदतर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीलाई रोक्न दिल्ली प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो ।

सीजेपीले प्रहरीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ । तर दिल्ली प्रहरीका अनुसार प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि बाध्य भएर बल प्रयोग गरिएको हो । नीट युजी पेपर लिक प्रकरणलाई लिएर विद्यार्थीहरूले भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन् ।

विपक्षी दलहरू, विशेष गरी राहुल गान्धी लगायतका नेताहरूले पनि यस विषयमा विरोध जनाउँदै संसदमा अवरोध गरेका छन् । यसैबीच केन्द्र सरकारले वातावरण अभियन्ता सोनम वाङचुकसँग पनि वार्ता गरिरहेको छ ।

सोनम वाङचुकले के भने ?
वातावरण अभियन्ता सोनम वाङचुकले बुधबार सरकारले आन्दोलनरत विद्यार्थीमाथि बल प्रयोग नगर्ने र उनीहरूविरुद्ध कुनै पनि कानुनी वा दण्डात्मक कारबाही नगर्ने लिखित वा स्पष्ट आश्वासन दिए आफूले आमरण अनशन अन्त्य गर्न तयार रहेको बताएका छन् ।

दिल्ली नजिकै गुरुग्रामस्थित मेदान्ता अस्पतालबाट भिडियो सन्देश जारी गर्दै उनले भने, ‘म अझै जीवित छु । आज मेरो अनशनको २५ औं दिन हो । यस अवधिमा मेरो तौल करिब ११ किलोग्राम घटेको छ । मांसपेशीहरू कमजोर भएका छन्, तर म अहिले पनि ठीक छु ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.