आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा
काठमाडौं : आज राति देशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिमको तराईमा साधारणतया बादल लाग्नेछ। मधेश तथ कोशी र बागमती प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश र कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !