पहिचानवादीको अवरोधबीच एमालेको सभा

पहिचानवादीको अवरोधबीच एमालेको सभा
हर्कपुरमा भएको एमालेको जनसभा ।
सुन्नुहोस्

ओखलढुंगा/सिन्धुली : एमालेले पहिचान पक्षधरको अवरोधबीच पनि कोसी प्रदेशमा आफ्नो अभियान अघि बढाएको छ। प्रदेश १ को नाम कोसी राखिएपछि पहिचानवादीले विरोध प्रदर्शन गर्दै आएका छन्।

उनीहरूले एमालेको कार्यक्रमलाई लक्ष्य गरी घुर्मी–लेगुवा–चिवा सडक बन्द गर्ने भनेका थिइ। प्रदेश नम्बर १ पुनः नामांकरण संयुक्त समितिका नाममा आन्दोलित उक्त पक्षका गोपाल किरातीलगायत नेता मंगलबार विभिन्न ठाउँबाट पक्राउ परेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिचान पक्षधरलाई भावनामा नबग्न आग्रह गरेका छन्। सद्भाव कायम गरेर राष्ट्रिय एकता भए मात्र देश बनाउन सकिने भन्दै उनले एकताबद्ध हुन अपिल गरे। ‘राजनीतिक मतभेद हुन सक्छन्। ती हल गर्ने संवैधानिक बाटाहरू छन्। सँगै बसेर छलफल गरेर समाधान निकाल्न सकिन्छ, उचालिएर भावनामा नबग्नुस्’, ओलीले ओखलढुंगाको हर्कपुरमा मंगलबार झुलाघाट–चिवाभञ्ज्याङ अभियानको बृहत् सभामा भने।

संवैधानिक बाटाहरू प्रयोग गरेर सबै खाले मतभेद हल गर्न सकिने उनले बताए। पहिचान पक्षधरको निषेधको राजनीतिप्रति कटाक्ष गर्दै उनले सरकार साम्प्रदायिकता भड्काउनेहरूलाई प्रोत्साहन गर्न लागेको र यही आडमा केही अराजक गतिविधि भइरहेको आरोप लगाए। उनले एमालेको अभियान देशलाई ब्यूँझाउन, उठाउन र राष्ट्रिय एकता कायम गर्न मध्यपहाडी पदयात्रा अभियान ल्याइएको बताए।

ओलीले मंगलबार नै खुर्कोटमा कार्यक्रममा देशको विकास एमालेको नेतृत्व बाहेक असम्भव भएको बताएका छन्। झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राका क्रममा मंगलबार सिन्धुलीको खुर्कोटमा ओलीले अरु पार्टीबाट देशको विकास सम्भव नभएको बताए। जनताले एमालेको सरकार चाहेको उनको भनाइ थियो।

null

ओलीले एमालेले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन संकल्प यात्रा सुरु गरेको दाबी गर्दै नागरिकका हरेक माग र चाहानालाई बुझेर देशको समृद्धिको खाका तयार पारीने समेत बताए। उनले भने, ‘यात्राको क्रममा हामीले जनतासँग भेटघाट र सम्बन्ध बढाउँदै, मागहरू सुन्दै र आफ्ना भनाइहरू राख्दै आएका छौं। देशमा कसले के गर्‍यो भन्ने कुरा इतिहासले बताएको छ। राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन स्थलगत रुपमा अध्ययन गरेका छौं। देशमा सुशासन कायम गर्ने, गरिबी हटाउने, देशमा समृद्धि ल्याउने काम एमाले नेतृत्वबाट मात्र सम्भव छ।’

अन्य दलको नेतृत्वमा दश वर्षसम्म गर्न नसकेको काम एमाले नेतृत्वको सरकारले दुई दिनमै गरेर देखाएको ओलीको दावी छ। ‘मध्य पहाडी लोकमार्ग पूर्वी पहाडको समृद्धिको मार्ग हो। यो पनि एमाले सरकारकै पालामा निर्माण थालिएको हो। मध्ये तराईको विकासमा पनि सुनकोशी मरिण डाइभर्सन निर्माण गरेर थप समृद्धि ल्याउने संकल्प एमाले सरकारलेनै गरेको छ’, उनले थपे।

संकल्प यात्रा सुरु भएको १३ औं दिनमा ओलीसहित शीर्ष नेतृत्व नेकपाका संस्थापक नेता सहिद ऋषिराज देवकोटा (आजाद) को जन्मभुमि खुर्कोटमा आइपुगेका थिए। खुर्कोटमा ओलीले सुनकोसी– मरिण डाईभर्सनको अवलोकन र त्यसको प्रगतिबारे जानकारी लिएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.