कर्णालीमा ‘विश्वकै लामो’ र्‍याफ्टिङ प्रतियोगिता

कर्णालीमा ‘विश्वकै लामो’ र्‍याफ्टिङ प्रतियोगिता
कर्णाली राजमार्गबाट देखिने कर्णाली नदी र अछामको तुल्ता गाउँको सुन्दर दृश्य।  तस्बिर : हिक्मतबहादुर नेपाली।
सुन्नुहोस्

दैलेख : वरपर मनै लोभ्याउने प्राकृतिक दश्य। दुवैतर्फ अग्ला–अग्ला डाँडा, तलतिर नीलो रंगमा बग्दै गरेको कर्णाली नदीको कञ्चन पानी। कर्णाली नदीको सौन्दर्य आँखैमा बस्छ। कर्णाली नदी, पर्यावरणीय मात्र नभई धार्मिक रुपमा पनि महत्वपूर्ण छ। मुलुकको लामो नदी कर्णाली पर्यटकका लागि एक सुन्दर गन्तव्य हो। कर्णाली नदीको नामबाट कर्णाली प्रदेशको नामाकरणसमेत गरिएको छ। साहसिक पर्यटनका लागि संसारकै पाँचौं नम्बर पर्ने कर्णाली नदीमा र्‍याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ। 

नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो। आगामी मार्च ८ देखि १३ तारिखसम्म विश्वकै लामो दुई सय ४८ किलोमिटर ‘राफ्ट दौड प्रतियोगिता, द ग्रेट कर्णाली क्वेस्ट’ प्रतियोगिता आयोजना गर्न लागिएको हो। राफ्ट दौड दैलेखको आठबीस नगरपालिकास्थित राकमकर्णालीबाट सुरु भएर कैलालीको दौलतपुर घाटमा टुंगिनेछ। द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेका अनुसार राकमकर्णालीबाट कैलालीको दौलतपुर घाटसम्म दुई सय ४८ किलोमिटर राफ्ट दौड हुनेछ। 

‘कर्णाली संसारकै दुर्लभ नदी हो। हामी यसको संरक्षणमा जुटेका छौं। अहिले कर्णालीको ब्रान्ड, आर्थिक पर्यटन र कर्णालीको दिगो पर्यटनलाई समेत जोड्न प्रतियोगिता आयोजना गरिएको हो’, आलेले भने। राकमकर्णालीमा शिवको स्तुति गरेर प्रतियोगिता सुरु हुनेछ। विश्वको लामो र्‍याफ्टिङ प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहने आलेले बताए। राफ्ट दौडमा एक टिममा ६ जना रहनेछन्। 

रिभर गाइड महेन्द्र सारुका अनुसार राफ्ट दौडमा साहसिक जलयात्रा गर्ने यात्रीले विभिन्न साँस्कृति, जंगल र जंगली जनावरको पनि अवलोकन गर्न पाउने छन्। कर्णाली नदीमा पटक–पटक र्‍याप्टिङ गर्दै आएका सारुले विदेशीले मन पराउने नदी कर्णाली भएको बताउँछन्। दैलेखको आठबीस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले यो प्रतियोगिताले राकमकर्णालीमात्रै नभई सिंगो देशको प्रचार हुने बताए। नदीलाई विश्वमा चिनाउन यो नदीमा जलयात्रा गर्ने पर्यटक बढ्ने र स्थानीयले गाउँघरमै रोजगारी पाउने आधार तयार हुने बडुवालले विश्वास व्यक्त गरे। 

स्वच्छ, सुन्दर र प्रकृतिको उपहार मानिएको कर्णाली नदी धार्मिक आस्थालाई लिएर बग्छ। यो नदी माथिल्लो कर्णालीमा भोटे संस्कृति, मध्यभागमा खस संस्कृति, तल्लो भागमा राउटे, राजी, थारु संस्कृतिसँग घुलमिल हुन्छ। कैलाश पर्वतको दक्षिणतिरमा मयुरको मुखबाट बग्ने यो नदीलाई (माप्चा खम्बाब) भनिन्छ। 

धार्मिक आस्था रहेको यो नदी कैलाश मानसरोवर हुँदै गंगामा मिसिन्छ। तिब्बतको माप्चादेखि सुरु भएर भारतको गंगामा गएर मिसिने कर्णाली नदीको लम्बाइ नेपालमा पाँच सय सात किलोमिटर छ। हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम, दैलेख, डोटी, सुर्खेत, कैलाली र बर्दिया भएर बग्ने यो नदीको तटमा थुप्रै सुन्दर बस्तीहरू छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.