विदेशी पाहुना,थारू गाउँमा

विदेशी पाहुना,थारू गाउँमा
चितवनको पटिहानीस्थित थारू गाउँ घुम्दै पर्यटक। तस्बिर : अनिल ढकाल।
सुन्नुहोस्

चितवन : खरले छाएको अनि खडाइले बारेको सानो घर। विकसित देशबाट आएका पर्यटकको आकर्षणको केन्द्र। परम्परागत जीवनशैली र रहनसहनले पर्यटकको मन जितेको छ। विदेशी पर्यटक पैदल हिँडेर थारू गाउँ चाहार्छन्। आँगनमा खेलेका केटाकेटी, गोठमा बाँधेका पशु चौपाया, खेतीकिसानीको फोटो खिच्न व्यस्त हुन्छन्। पश्चिम चितवनको पटिहानी आउने पर्यटकका लागि पहिलो दिनको कार्यक्रम हुन्छ ‘थारू गाउँ’ घुमाइ। थारू गाउँ घुम्दा पर्यटक निकै दंग देखिन्छन्। 

विदेशी पर्यटक गाउँमा देख्दा स्थानीय पनि रमाउँछन्। पर्यटक पुग्दा गाउँलेहरू खुसी हुन्छन्। मौलिक जातजाति र समुदायको संस्कृतिले पर्यटक लोभिने गर्छन्। ‘थारूको घरमा उनीहरू बढी रमाउँछन्। विकास भएको ठाउँमा यस्तो घर हुँदैन,’ उनीहरूको देशमा परम्परागत रहनसहन हँुदैन। पर्यटकलाई हामीले दिउँसोको समयमा गाउँ घुमाउँछौ। विदेशीले गाउँको रहनसहन प्रस्ट बुझ्छन्। उनीहरू निकै चासो लिएर सोधपुछ पनि गर्छन्।,’ नेचर गाइड हीरामणि महतोले भने, ‘थारू जातिको बसोबास, औलो रोगमा थारू जाति कसरी बाँचे भनेर सोध्छन्। हामीले खानेकुराको कारण यो जाति बाँचेको भन्छौं। थारू जातिका बारे जानकारी पाएपछि उनीहरू दंग पर्छन्।’

पर्यटकहरू थारूको उत्पत्तिको इतिहास, संस्कृति, रहनसहनका बारेमा जानकारी लिन्छन्। मुख्य रूपमा थारू जातिको विषयमा बताइछ। ‘निकै अनौठोलाग्दो घर अनि बसाइ देख्दा रमाइलो लाग्छ,’ फान्सेली नागरिक माक्सिनमले भनिन्, ‘हामी हिमाल, जंगल घुम्न आएका। तर यहाँको गाउँले जीवन हेर्दा फरक अनुभूति भयो।’

चितवनका होटल आएका पर्यटकलाई पहिलो दिनमा थारू गाउँ घुमाइन्छ। विदेशी परम्परागत बसाइ हेर्न रुचाउँछन्। आदिवासी थारू जातिको बसोबासको इतिहास पर्यटकका लागि मुख्य चासोको विषय हो। नेचर गाइड नन्दु महतोले भने, ‘पर्यटक रमाउन थालेपछि थारू जातिको रहनसहनलाई हामीले प्याकेजमा समेटेका हौं।’

चितवन आउने पर्यटकहरू थारूको कला संस्कृति, रीतिरिवाजसँग सम्बन्ध राख्ने गरेको भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष एवं पर्यटन व्यवसायी विष्णुराज महतोले सुनाए। ‘चितवनमा पुराताŒिवक चिजलाई थारूहरूले महŒव दिएर जोगाएको हुनाले पनि थारू गाउँ विदेशी पर्यटकको रोजाइमा परेको हो,’ उनले भने, ‘पर्यटकले त्यसलाई खोजीको विषय बनाएर आउने गरेका छन्।’

पर्यटक आउन थालेपछि थारू महिलाले ह्यान्डिक्राफ्ट बनाएर बिक्रीका लागि राख्न थालेका छन्। स्थानीयहरू हातेसामग्री बनाउन थालेका छन्। पर्यटकलाई बेच्न मनग्ये आम्दानी हुन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.