बालमन्दिरका बालबालिकालाई न्यानो कपडा

बालमन्दिरका बालबालिकालाई न्यानो कपडा
सुन्नुहोस्

ओखलढुंगा : ओखलढुंगा सदरमुकामस्थित बालमन्दिर आधारभूत विद्यालयका बालबालिकालाई पोसाक वितरण गरिएको छ। विद्यालयका ३६ जना बालबालिकालाई सिद्धिचरण नगरपालिका-११ का वडाध्यक्ष विनोद ताम्राकारले नगरपालिकाबाट उनले पाउने सेवा सुविधाको रकमबाट कपडा खरिद गरेर पोसाक वितरण गरेका हुन्। 

२०३९ सालमा तत्कालीन बडामहारानी ऐश्वर्याले स्थापना गरेको उक्त विद्यालयमा कक्षा ५ सम्म गरिब विपन्न र मजदुरका बालबालिका पढ्छन्। सम्पन्न परिवारका व्यक्तिले सदरमुकामका निजी स्कूलमा बालबच्चा बढाउने भएकाले उक्त विद्यालयमा बाहिरबाट आएर मजदुरी गर्ने श्रमिक, ज्यालादारी काम गर्ने कामदार, विपन्न र असहायका बालबच्चा अध्ययन गर्दै आएका छन्। 

सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न र गुणस्तर सुधार गर्न आफूले आफ्नो सेवा सुविधाबाट बालबालिकालाई विद्यालय पोसाकका रूपमा ट्रयाक सुट वितरण गरेको अध्यक्ष ताम्राकारले बताए। उनले विद्यालयमा शिक्षक शिक्षिकालाई पठनपाठनमा सुधार गर्न अनुरोध गर्दै आवश्यक पर्ने अन्य सहयोगसमेत गर्ने बताए। 

अध्यक्ष ताम्राकारले आफुले पाउने सरकारी सुविधाको रकम जम्मा गरेर विपन्नलाई खाद्यन्न, लत्ताकपडा सहयोग गर्दै आएका छन्। उनले जेष्ठ नागरिकलाई समेत जाडोमा न्यानो कपडा वितरण गर्ने तयारी गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अप्सरा कार्कीले अध्यक्षको सहयोगबाट बालबालिका र अभिभावक खुसी भएको बताइन्। यस्तो सहयोगले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.