राष्ट्रियसभा निर्वाचन

मतदाता नामावलीमा नाम नभेटिएपछि एमालेका उम्मेदवार राजपुत मनोनयन नगरी फर्किए

मतदाता नामावलीमा नाम नभेटिएपछि एमालेका उम्मेदवार राजपुत मनोनयन नगरी फर्किए
सुन्नुहोस्

जनकपुर : मतदाता नामावली सूचीमा नाम नभेटिएपछि नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिन आएका नेता नाम दर्ता नगराइ फर्किएका छन् ।  मधेश प्रदेश जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेका एमाले नेता अर्जुन सिंह राजपुतको नाम मतदाता नामावलीमा नभेटिएपछि उनी फर्किएका हुन् ।

मधेश प्रदेशमा अन्य समूहबाट उनी उम्मेदवारी दिन आएका थिए । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। 

राष्ट्रियसभाका रिक्त १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.