अब यो मुलुक राजामहाराजाको होइन : माधव नेपाल

अब यो मुलुक राजामहाराजाको होइन : माधव नेपाल
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालमा अब राजतन्त्र फर्कने सम्भव नभएको बताएका छन्। सोमबार बाराको परवानीपुर गाउँपालिका -५ बहुवरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने,'यो देश राजामहाराजाको देश होइन । जनताको देश हो ।अब राजा आउने कल्पना नगरे हुन्छ।'

राजतन्त्र वा राजा फर्केर आउने कुनै सम्भावना नरहेको उनले जिकिर गरे।

उनले देशमा भ्रष्टाचारविरुद्ध नेकपा  एकीकृत समाजवादी र नेकपा माओेवादी एकसाथ मिलेर अगाडि बढेको बताए । उनले भने,'देशलाई समृद्धिको बाटोमा लैजान एकीकृत समाजवादी र माओवादीको विकल्प नै छैन।

नेपालले युवाको विदेश पलायन रोक्न देशभित्रै कृषिको आधुनिकीकरण र व्यवसायिकरण गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा विभिन्न दल परित्याग गरी एक सय बढी नेता कार्यकर्ता नेकपा एस प्रवेश गरेका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.