भारतमा खुल्यो चितवन घटनाको रहस्य, हत्याको कारण अवैध सम्बन्ध

भारतमा खुल्यो चितवन घटनाको रहस्य, हत्याको कारण अवैध सम्बन्ध
सुन्नुहोस्

चितवन : गत मंसिर ६ गते भरतपुर महानगरपालिका-१२ स्थित मिलन चोकस्थित केरुङ घोलको कल्भर्टमुनि दुई शव फेला पर्‍यो। बोरामा बाँधिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको थियो। 

मुखमा टेप लगाएको, हात, खुट्टा र घाँटी डोरीले बाँधेको अवस्थामा बोरामा होलर सिलाएर कल्भर्टमुनि फालेको अवस्थामा फेला परेको थियो। शवको पहिचान नहुँदा घटनाको थप अनुसन्धानमा कठिनाई भएको थियो। सार्वजनिक सूचना, स्केज सार्वजनिक गर्दासमेत सनाखत हुन नसेपछि घटनाको अनुसन्धान कठिन बनेको थियो। करिब डेढ महिनाको निरन्तर प्रयासपछि अन्ततः प्रहरीले घटनाको गहिराईमा पुग्न सफल भएको छ।

तीन हप्ताअघि शवको पहिचान गरेको प्रहरीले भारतको विहारसम्म पुगेर घटनााबरे पत्ता लगाएको हो। घटनाको अनुसन्धानले दुई भारतीय नागरिकको भरतपुरमा हत्या गरेको पत्ता लगाएको हो। भारतीय नागरिकले नै हत्या गरेको पत्ता लागेको छ। शवको पहिचान हुन नसक्दा प्रहरीले हुलिया र स्केच सार्वजनिक गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय चितवनले संयुक्त अनुसन्धान गरेका थिए। 

भारतका विहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारणका ३३ वर्षीय अखिलेश भगतले श्रीमतीसहित अवैध सम्बन्ध राख्ने पुरूषको हत्या गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। अखिलेसले श्रीमती विहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारणकी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी र उनीसँगको अवैध सम्बन्ध राखेको भारतकै मोतिहारी, फूलबारीया, सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाहाको गत मंसिर २ गते हत्या गरेका थिए।  ऋषभकुमार नाताले अखिलेशको भतिजा पर्छन्। 

हत्या आरोपमा भारतीय प्रहरीले अखिलेशलाई केन्द्रीय कारागृह मोतिहारीमा राखिएको छ। श्रीमतीसँगको अवैध सम्बन्धका कारण भारतमा अर्का एक ब्यक्तिको हत्या गरेर नेपाल आएको प्रहरीको आशंका छ। हत्या हुनुअघि चार दिनअघि उनीहरू तीनै जना भरतपुरमा डेरा गरी बसेका थिए। हत्या गरेपछि शवलाई बोरामा बाँधेर पालैपालो साइकलमा लगेर फालेका थिए। हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको चितवन प्रहरीले जनाएको छ। उनलाई नेपाल ल्याउन नमिलेको नेपाल प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सिसिटिभी फुटेजमा भगतले शव लगेको दृष्य देखिएको थियो। तरकारी तथा फलफुल ब्यापारका लागि बेला-बेला नेपाल आउने गरेका उनीहरू मिलनचोकमा बस्दै आएका थिए। श्रीमतीसँगको अवैध सम्बन्ध थाहा पाएपछि अखिलेश र ऋषभको झगडा भइरहने प्रहरीको अनुसन्धानबाट खुलेको छ। हत्या गरेर अखिलेश फरार भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.