सर्लाही जिल्ला अदालतमा बम्जन, न्यायाधीश रेग्मीको इजलासमा बयान

सर्लाही जिल्ला अदालतमा बम्जन, न्यायाधीश रेग्मीको इजलासमा बयान
तस्बिर : सुनिल ठाकुर

मलंगवा : नेपाल प्रहरी केन्द्र अनुसन्धान व्युरो काठमाडौंको टोलीले पक्राउ गरेको रामबहादुर बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेश गरेको छ।

उनीविरुद्ध जिल्ला अदालतमा बाल यौन शेषणको आरोपमा मुद्दा परेको थियो। स्थलमार्ग भएर सर्लाही ल्याइएका अभियुक्त बम्जनलाई प्रहरीले सरकारी वकिलको कार्यालय लगेको थियो।  उनको मुद्दा न्यायधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको छ। अहिले जिल्ला अदालत सर्लाहीमा बयान भइरहेको छ।

null

सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै 'तपस्वी' भनिएका बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो। २०७३ साल साउन २० गते राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जबर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर धाक धम्की देखाइएको दायर गरिएको मुद्दामा उल्लेख छ।  

उनी १८ वर्षकी भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा २०७६ माघ २३ गते जाहेरी दर्ता गरिएको थियो।  त्यसपछि सरकारी वकीलको कार्यालय सर्लाहीले २०७७ अषाढ १८ गते जिल्ला अदालत सर्लाहीमा अभियोग दर्ता गरिएको थियो।  अभियोग दर्ता भएपछि जिल्ला अदालत सर्लाहीले २०७७ चैत्र २१ गते पक्राउ पूर्जी जारी गरेको थियो।

प्रहरीका अनुसार बम्जनले तपस्वीको भेषमा विभिन्न अपराध गरेको आरोप छ। उनीविरुद्ध चार जना आनी बेपत्ता बनाएको तथा केही व्यक्ति हत्या गरेको समेत आरोप लागेको छ।  

जिल्ला अदालतमा बम्जनलाई पेश गरेपछि अदालत बाहिर उनका समर्थकहरुको भिड लागेको छ।

 nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.