वीरगन्जमा एकता दिवसको कार्यक्रममा राप्रपाको ब्यानर राख्दा राजावादीबीच भनाभन

वीरगन्जमा एकता दिवसको कार्यक्रममा राप्रपाको ब्यानर राख्दा राजावादीबीच भनाभन
तस्बिर : अन्नपूर्ण

वीरगन्ज : पृथ्वीनारायण शाहको जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा राजावादीहरुबीच नै विवाद भएको छ।  वीरगन्जको घण्टाघर चोकमा शुक्रबार राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा दलको ब्यानर राख्ने विषयमा राजवादीहरुबीच विवाद भएको हो।

एकता दिवसको अवसरमा पूर्वराजा  ज्ञानेन्द्र साहको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिले आयोजना गरेको नागिरक सभा चलिरहेकै बेला राप्रपाका नेता कार्यकर्ताले राप्रपाको ब्यानर राख्न खोज्दा विवाद भएको हो।

कार्यक्रम चलिरहेकै बेला राप्रपा नेतृ तथा प्रतिनिधि सभा सदस्य विणा कुमारी कुर्मीका पति तेजप्रताप सिंह लगायतका राप्रपाका नेता कार्यकर्ताले छुट्टै राप्रपाको ब्यानर राख्न खोजेका थिए ।तर, आयोजकका केहि कार्यकर्ताले राप्रपाको ब्यानर हटाइदिएपछि त्यहि विषयमा विवाद सुरु भएको थियो । त्यसपछि दुवै पक्षबीच भनाभन हुनुका साथै सामान्य धकेलाधकेल पनि भएको थियो।

null

राप्रपाको ब्यानर हटाइएपछि कार्यक्रममा अतिथिका रुपमा मञ्चमा आसिन राप्रपा नेतृ तथा प्रतिनिधि सभा सदस्य कुर्मीलगायत राप्रपाका नेता कार्यकर्ता उठेर हिँडेका थिए ।त्यसपछि आयोजक संस्थाका अगुवाहरुले विवादलाई साम्य पारी हटाइएको राप्रपाको ब्यानर पुन राख्न लगाएका थिए ।

तर, राप्रपाको ब्यानर पुन: राखिएपछि कार्यक्रममा सहभागी राष्ट्रवादी संघका नेता कार्यकर्ताले त्यसको विरोध जनाउँदै नाराबाजी गरेर कार्यक्रमस्थलबाट बाहिरिएका थिए। 

कार्यक्रममा आयोजक समितिको बाहेक अन्य कुनैपनि दल वा समूहको ब्यानर नराख्ने सहमति भएपनि राप्रपाका नेता कार्यकर्ताले जबरजस्ती आफ्नो पार्टीको ब्यानर राखेर कार्यक्रम  नै भाँड्न खोजेकाले आफूहरु कार्यक्रम  छोडेर हिँड्नु परेको राष्ट्रवादी संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले बताए।

null

उनले भने,'माघ १३ गते वीरगन्जमा राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनका लागि २० वटा दल र समुह आबद्ध मूल समारोह समिति गठन गरिएको थियो । आजको कार्यक्रममा यहि समितिको मात्र ब्यानर राख्ने सहमति भएको थियो ।तर राप्रपाले जबरजस्ती आफ्नो ब्यानर राखेर कार्यक्रम भाँड्न खोजेपछि हामी कार्यक्रम छोडेर हिँड्यौं।'

घण्टाघर चोकमा आयोजित कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष देवेन्द्रलाल नेपालीले गरेका थिए भने प्रमुख अतिथि समितिका केन्द्रीय संयोजक नरेश बहादुर सिंह थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.