अपडेट

दाङमा बस दुर्घटना : १२ जनाको मृत्यु, २३ घाइते

दाङमा बस दुर्घटना : १२ जनाको मृत्यु, २३ घाइते
दुर्घटना भएको बस।

दाङ : दाङमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे. १ ख.३९१२ नम्बरको यात्रुवाहक बस शुक्रबार राति १० : ३० बजेतिर भालुबाङको राप्ती पुलबाट नदीमा खसेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्ज्वल सिंहले जानकारी दिए। 

बसबाट तत्कालै स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेका थिए। दुर्घटनामा स्थानीय र प्रहरीले पाँच जनाको शव निकालेका थिए भने अन्य ७ जनाको शव जे.सि.बि.को प्रयोग गरेर निकालिएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट, बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान भएको छ भने अन्यको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिलेसम्म मृतकहरुको सनाखत हुन सकेको छैन।

करिब ३५ यात्रु रहेको बसका चालक तथा सहचालक दुबै घाइते छन्। दुर्घटनामा घाइते भएका २३ जनाको प्राथमिक उपचार भालुवाङको प्रस्तावित अस्पतालमा गरिएको छ।

घाइते हुनेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई रहेका छन्। उनीहरु सामान्य घाइते छन्। 

यसैगरी काठमाडौंका ४५ वर्षीय सुवास कार्की, बाँके नेपालगञ्जका ३५ वर्षीया लिला वली, रौतहटका २६ वर्षीय सञ्जय कार्की, बर्दियाका राजिव थारु, बाँके नेपालगञ्जका १८ वर्षीइ दशरथ विक, बाँकेकै १९ वर्षीय नकुस खान, डोल्पाकी ३५ वर्षीया धनकली बुढा मध्यम, काठमाडौं कालिमाटीकी ३८ वर्षीया मञ्जु शर्मा, काठमाडौंकी २३ वर्षीया सञ्जु बडुवाल, बाँके नेपालगञ्जका २० वर्षीय अर्वाज नाउ, बाँके नेपालगञ्जका २५ वर्षीय मोमम्मद जावेज मध्यम घाइते भएका छन्।

भारतका २० वर्षीया छोथी सिलौटा गम्भीर घाइते भएकी छन्। काठमाडौंकी राधा पाण्डे पनि गम्भीर घाइते भएकाले थप उपचारका लागि बुटवल लगिएको छ। उनकी ११ वर्षीया छोरी आज्ञा पाण्डे पनि घाइते भएकी छन्। तिब्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.