अन्तिम सुनुवाइका लागि तोकिएको आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा

अन्तिम सुनुवाइका लागि तोकिएको आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा
तस्बिर : अन्नपूर्ण

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्धको मुद्दा स्थगनको सूचीमा राखिएको छ। जिल्ला अदालत रौतहटमा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिए पनि न्यायाधीश अभाव हुँदा मुद्दा स्थगनको सूचीमा राखिएको अदालत प्रशासनले जनाएको छ।

५ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुईजना न्यायाधीश मात्रै उपस्थित छन्।

यसअघि आलमको मुद्दामा जिल्ला अदालत रौतहटले लिखित ‘बहस नोट’ मागेको थियो। । न्यायाधीश बाबुकाजी बानियाँको इजलासले लिखित बहस नोट मागेको हो । तर उनको हाल सरुवा भइसकेको छ।

संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो। सोही  विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा असोज २६ गते आलम पक्राउ परेका थिए।

उनीमाथि १८ कार्त्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा 'विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथ कर्तव्य ज्यानसम्बन्धी कसुरु,मा मुद्दा दायर भएको थियो। सो मुद्दामाथि थुनछेक बहसपछि  जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको हो।

उनी २०७६ कार्त्तिक २९ गतेदेखि थुनामै छन्। जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनुमा पठाउने आदेश दिएपछि उनी सो  आदेशविरुद्ध उच्च अदालत वीरगञ्ज पुगेका थिए। उच्च अदालते २४ माघ २०७६ मा जिल्लाकै आदेश सदर गरिदिएको थियो।

त्यसपछि उनले सर्वोच्च अदालतमा आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउ भन्दै निवेदन दर्ता गराएका थिए। सर्वोच्चले पनि जिल्लाकै आदेश सदर गरिदिएपछि उनी पुर्पक्षका लागि थुनामै छन्।

यमुनामाई गाउँपालिका-४ का त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले आलम,उनका भाइ मोहम्मद महताब आलम,मोबिन आलम,शेख भदई र शेख सवेजविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। त्रिलोक र ओसीलाई इँटाभट्टामा हालेर मारेको उनीहरूको उजुरीमा उल्लेख छ।

मुद्दामा आलमसहित मोहम्मद महताव आलम, शेख भदई,मोहम्मद मोविन आलम,शेख शेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जमुनई,गौरीशंकर साहलगायतलाई प्रतिवादी बनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.