मधेश प्रदेशमा जनमत पार्टीको दोहोरो चरित्र : सरकारमा बसेर सरकारकै कार्यक्रम बिथोल्ने प्रयास

मधेश प्रदेशमा जनमत पार्टीको दोहोरो चरित्र : सरकारमा बसेर सरकारकै कार्यक्रम बिथोल्ने प्रयास
नारावाजी गर्दै जनमत पार्टीका कार्यकर्ता।

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सरोजक कुमार यादवले एक वर्षको अवधिमा गरेका काम कारवाही सार्वजनिक गरिरहेका बेलामा जनमत पार्टीका कार्यकर्ताले कार्यक्रम स्थलमै प्रदर्शन गरेका छन्।

जनमत पार्टीका कार्यकर्ताको अवरोधका कारण केही  बेर कार्यक्रम अवरुद्ध भएको थियो।

मधेश प्रदेश सरकारले भ्रष्टचारलाई प्रश्रय दिएको, विगतमा भएका साइकल प्रकरणको छानविन नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले होहल्ला गरेका थिए। उनीहरुले सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए।

उनीहरुले सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेको आरोप लगाएका छन्। मधेश प्रदेश सरकारमा जनमत पार्टीका महेश यादव नै शिक्षा मन्त्री छन्।

मुख्यमन्त्री यादवले लोकतन्त्रमा विरोध गर्न पाइने बताए। सरकारमा बस्ने तर सरकारले आयोजना गरेको कार्यक्रममा अवरोध गर्ने नियत जनमतको दोहोरो चरित्र भएको यादवले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.