वीरगन्जमा लागुऔषधसहित रिक्सा चालक पक्राउ

वीरगन्जमा लागुऔषधसहित रिक्सा चालक पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा प्रहरीले ठूलो परिमाणामा लागुऔषधसहित एकजना रिक्सा चालकलाई पक्राउ गरेको छ । लागुओैषधसहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने  ५० वर्षीय बब्लुलाल कर्ण रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर पानीटंकीस्थित सडक चेकजाँच गर्ने क्रममा रिक्सामा पहेलो रंगको झोलामा लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी  १५ सय एम्पुलसहित चालक कर्ण पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

लागुऔषधसहित पक्राउ परेका कर्णलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.