राजस्व अनुसन्धानले मध्यरातमा हुण्डी कारोबारीमाथि गरेको त्यो अपरेशन

राजस्व अनुसन्धानले मध्यरातमा हुण्डी कारोबारीमाथि गरेको त्यो अपरेशन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राजश्व अनुसन्धान विभागको टोलीले स्रोत नखुलेको २ करोड ३० लाख बढी रकमसहित चारजनालाई पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार बिहीबार राती स्रोत नखुलेको २ करोड बढी रकमसहित कपडा व्यवसायी नरेश अग्रवाल र उनका सहकर्मीलाई पक्राउ गरेको हो।

विभागका महानिर्देशक ढुंगानाका अनुसार  गोप्य सूचनाका आधारमा छापा मार्ने क्रममा स्रोत नखुलेको रकमसहित चारजनालाई पक्राउ गरिएको हो। महानिर्देशक ढुंगानाले भने, 'हुण्डि कारोबार भइरहेको छ भन्ने सूचना हामीले पाएका थियौं । सोही सूचनालाई पछ्याउँदै जादाँ विभिन्न स्थानबाट चारजनासहित सो रकम बरामद गरिएको हो । यति नै रकम भन्ने टुंगो भइसकेको छैन । रकम गन्ने प्रक्रियामा छ । साँझसम्म सकिएला । '

 पक्राउ पर्नेमा अग्रवालसहित दीपक कार्की,मोहन साह, विवेक कार्की रहेका छन्।

विभागले गए राती ३ बजेतिर कपडा व्यवसायी अग्रवालको घरमा छापा मारेको थियो । उनको घरबाट विभागको टोलीले एक करोड बढी रकम बरामद गरेको हो।

विभागको टोलीले हुण्डि कारोबारको आशंकामा न्युरोडको मखन गल्लीबाट बिहीबार साँझ दीपक कार्कीलाई ३४ लाख स्रोत नखुलेको रकमसहित पक्राउ गरेको स्रोतले जनाएको छ। त्यसपछि कार्कीले दिएको सूचनाकै आधारमा विभागको टोली ताहाचलमा रहेका मोहन साहकहाँ पुगेको थियो । उनको साथबाट ७३ लाख स्रोत नखुलेको रकम बरामद गरेको स्रोतले जनाएको छ।

त्यसपछि कलंकीमा बस्ने विवेक कार्कीलाई २२ लाख रकमसहित विभागको टोलीले नियन्त्रणमा लिएको हो । दीपक,मोहन र विवेकलाई नियन्त्रणमा लिएपछि उक्त टोली मध्यरात ३ बजे कपडा व्यवसायी अग्रवालको घरमा पुगेको थियो । 

उनको घरमा खानतलासी गर्दा एक करोड बढी रकम फेला परेको थियो । पक्राउ परेका सबैले उक्त रकमको स्रोत खुलाउन नसकेको महानिर्देशक ढुंगानाले बताए। उनले भने,'रकम कहाँबाट कसरी आयो ? भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.