मन्थलीमा अव्यवस्थित बधशाला, अस्वस्थकर मासु किनबेच

मन्थलीमा अव्यवस्थित बधशाला, अस्वस्थकर मासु किनबेच
फाइल तस्बिर।
सुन्नुहोस्

मन्थली : रामेछाप सदरमुकाम मन्थलीमा पशु बधशाला व्यवस्थित नहुँदा उपभोक्ता अस्वस्थकर मासु उपभोग गर्न बाध्य छन् ।  सदरमुकाममा २० वटा मासु पसल छन् । बधशाला व्यवस्थित नहुँदा सबै मासु पसलले स्वस्थकर मासु बिक्री गर्न सकेका छैनन् । केही पसलले बधशाला व्यवस्थित गर्न खोजे पनि पर्याप्त हुनसकेको छैन ।

  
मासु व्यापारीले तामाकोसी नदी किनारमा पशु बध गर्ने गरेका छन् । मासुमा बालुवा, माटो टाँसिएर खानयोग्य नहुने, बध गर्नासाथ चिसो ठाउँमा राख्न नपाइने समस्या छ ।  नदी किनारलाई बधशालाका रुपमा प्रयोग गर्दा मन्थली विमानस्थलमा उड्ने विमानमा काग र गिद्ध ठोक्किने जोखिम बढेको छ ।  

नदीको पानी समेत दूषित र दुर्गन्धित बनाएको छ । नगरपालिकाले व्यवस्थित बधशाला नबनाइदिएका कारण नदी किनारमै बध गर्न बाध्य भएको मासु व्यवसायी पशुपति शाहीले बताए ।  उनले भने, ‘गत वर्ष नगरले तीन लाख छुट्याएको थियो, त्यो पैसा कामै नगरी ‘फ्रिज’ भयो । हामीलाई ठाउँ खोज भन्नुहुन्छ, हामीले कहाँ खोज्ने ।’ 

तत्कालीन पशु सेवा केन्द्र र मन्थली नगरापालिकाले मन्थली–१ स्थित हाटेचउर नजिकै दश वर्षअघि बधशाला बनाएको थियो । त्यो बधशाला प्रभावकारी रुपमा सञ्चालन हुन सकेन । व्यवस्थित बधशाला नहुँदा सरसफाइ गरी फ्रिजमा मासु राखेर बिक्री गर्न नसकेको मासु व्यवसायी हजारसिं तामाङ बताए ।  ‘पशु बध गर्ने ठाउँमा न त पानीको सुविधा छ, न त फोहोर विसर्जन गनै ठाउँ नै’, उनले भने, ‘त्यसैले हामीले भुइँमै पशु बध गरेर मासु बेच्ने गरेका छौँ ।’   

मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले पशु बधशाला यसअघि बनाइदिएको तर सदुपयोग नभएको बताए । उनले मासु पसलेहरुसँग लागत साझेदारीमा उपयुक्त स्थान छनौट गर्न सके आगामी आर्थिक वर्षमा व्यवस्थित बधशाला निर्माण गरिने बताए। - रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.