राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ९८ प्रतिशत मत खस्यो

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ९८ प्रतिशत मत खस्यो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दाङ : राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । ३०५ मतदातामध्ये २९८ मत खसेको हो। प्रदेश सभा सदस्य ८७ मध्ये ८५ जका नाले मतदान गरेका छन् भने स्थानीय तह २१८ मतदातामध्ये २१३ जनाले मतदान गरे।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्यका लागि निर्वाचन भएको हो। मतदानका लागि दुई वटा मतदान केन्द्र तोकिएको छ ।  ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गरे भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुखहरुले मतदान गरेका हुन्।

लुम्बिनी प्रदेशमा २ सिटका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । अन्य र महिला क्लस्टरका दुई सिटका लागि निर्वाचन भएको हो। 

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले महिला क्लस्टरमा गुल्मीकी विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाइएको हो।

यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङकी तुलसा कुमारी केसी उम्मेदवार  बनेका छन्। राप्रपाले महिला क्लस्टरमा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी उम्मेदवार छन् । मतदान बिहान ९ बजेदेखि सुरु भएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.