बचतकर्ताको रकम ठगी गरेको आरोपमा सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ

बचतकर्ताको रकम ठगी गरेको आरोपमा सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ
सुन्नुहोस्

ओखलढुंगा : सहकारी ठगी सम्बन्धी कसुर मुद्दामा फरार रहेका ओखलढुंगाको ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्री पक्राउ परेका छन्। तिलक श्रेष्ठ समेतले दिएको जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गएको मंसिर १५ गते जाहेरी दर्ता भएलगत्तै उनीहरू फरार थिए। अध्यक्ष सुनुवारलाई काठमाडौँ ६ बौद्ध र खत्रीलाई मोलुङ-४ हर्कपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुंगाका सचिव समेत हुन्। 

उनीहरूलाई थुनामा राखी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक केशीका अनुसार अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद लिइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.