रामपुरमा कृषि इन्जिनियरिङ कलेज सञ्चालनमा आउने

रामपुरमा कृषि इन्जिनियरिङ कलेज सञ्चालनमा आउने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

चितवन :  कृषि तथा बन विज्ञान विश्वविद्यालय सभाको १२ औं साधारण बैठकले कृषि इन्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ।  कूलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले  विश्व विद्यालयअन्तर्गत आङ्गिक कलेजको रुपमा कृषि इन्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो ।

कलेजमा  स्नातक तहसम्मको अध्यापन हुनेछ । कृषि यान्त्रिकरणसम्बन्धी विभिन्न विषयमामा पढाइ हुनेछ। इन्जिनियरिङ परिषदबाट अनुमति लिएपछि पढाइ सुरु हुने कृषि संकायका डिन डा. अर्जुन श्रेष्ठले बताए ।   कृषि संकायअन्तरगत एग्री कल्चरल इन्जिनियरिङ  पढाइ हुने  निर्णय सिनेटले पास गरेको हो ,'उनले भने , 'यो चार वर्षको हुन्छ । यसमा यान्त्रीकरण ,सिंचाइबारे पढाइ हुन्छ । इन्जिनियरिङ परिषदले स्वीकृति दिएपछि पढाइ सुरु गर्छौं।'

अध्यनको पाठ्यक्रम तयार भइसकेको छ

आउदो शैक्षिक सत्रबाट भर्ना खुल्ने बताइएको छ ।  बैठकले आर्थिक वर्ष २०७९र८० को खर्च अनुमोदन समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.