आर्थिक मारमा मष्टा संस्कृत गुरुकुल विद्याश्रम

आर्थिक मारमा मष्टा संस्कृत गुरुकुल विद्याश्रम
सुन्नुहोस्

डोटी : डोटीमा एक संस्कृत विद्याश्रम धार्मिक जागरण फैलाउन लागिपरेको छ। शिखर नगरपालिका -६, चुडीस्थित श्री मष्टा संस्कृत गुरुकुल विद्याश्रमले धार्मिक जागरण फैलाइरहेको हो । राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय दुर्गा प्रसाद फुलाराको अगुवाइमा वि.सं. २०७५ चैतमा स्थापना भइ २०७६ सालबाट पठनपाठन सुरु गरेको मष्टा संस्कृत गुरुकुल विद्याश्रममा डोटी, बझाङ र कैलालीका विद्यार्थीहरू अध्ययनरत छन् ।

जिल्लामा कुनै किसिमका धार्मिक कार्यलगायतका शुभकार्यमा उक्त विद्याश्रमका बटुकहरुलाई मन्त्रोच्चारणका लागि बोलाउने गरिन्छ। हाम्रो समाजलाई नैतिक शिक्षाको आवश्यकता महशुस भइरहेका बेला गुरुकुल विद्याश्रमले गरिरहेको अभियान महत्वपूर्ण रहेको डोटी बहुमुखी क्याम्पसका प्राध्यापक टीकाराम फुलाराले बताए । गुरुकुल शिक्षालाई सरकारले समेत महत्वका साथ हेनुपर्ने उनले भनाइ छ।

हाल विद्याश्रममा जम्मा १६ जना बटुक (विद्यार्थी) अध्ययनरत छन् । 

धार्मिक जागरण फैलाइरहेको मष्टा संस्कृत गुरुकुल विद्याश्रम भने आर्थिक अभावमा सञ्चालन भइरहेको छ । विद्यार्थीहरुलाई पठनपाठनको आफ्नै भवन नहुँदा सरस्वती माविको दुईवटा कोठा प्रयोगमा ल्याएको शिक्षक ध्रुवराज फुलाराले बताए । 

शिक्षक फुलाराले भने,‘आर्थिक अभावका कारण पठनपाठन,बस्न तथा खानको लागि समेत समस्या भइरहेको छ ।’विभिन्न व्यक्तिले गरेको दानदातव्य,केहि स्थानीय तह,संघसंस्थाहरूले खाद्यान्न तथा आर्थिक सहयोग गरेर विद्याश्रम सञ्चालनमा केहि सहज भइरहेको उनले बताए । विद्याश्रम सञ्चालनका लागि सरकारी तवरबाटै सहयोग भइदिए केही सहज हुने शिक्षक फुलारा बताउँछन् ।

विद्याश्रममा प्रत्येक दिन बिहान ५ बजेदेखि सन्धोपाशन, नित्य रुद्राभिशेक, शान्ति पाठ गरिन्छ भने साँझ साढे ६ बजे सन्ध्या बन्धन र आरती गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.