टाइगर प्यालेसले बुझायो ५४ करोड बक्यौता, क्यासिनो सञ्चालनको तयारी

टाइगर प्यालेसले बुझायो ५४ करोड बक्यौता, क्यासिनो सञ्चालनको तयारी
सुन्नुहोस्

काठमाडौं : टाइगर प्यालेसले पुरानो बक्यौता बुझाएको छ। सरकारलाई सम्पूर्ण राजस्व बापतको ५४ करोड बुझाएर टाइगर प्यालेसले नवीकरण गरेको हो। टाइगर्स प्यालेसका अध्यक्ष बुद्धि सागर सुबेदीले बुधबार बक्यौता रकम तिरेको बताए। 

टाइगर प्यालेस सञ्चालनमा आएसँगै पर्यटनमा नयाँ आयाम ल्याउनेको उनको विश्वास छ। उनले होटल सञ्चालमा आएपछि पाँच सय मजदुरले रोजगारी पाउने दाबी गरे। 'यसले मुलुककै पर्यटनमा नयाँ आयाम ल्याउने विश्वास लिएा छौं। सबै समस्या समाधान गरेर अब प्यालेस लयमा फर्किएको छ। हामी उत्साहित छौं,' सुवेदीले भने। 

होटलमा क्यासिनो समेत सञ्चालनमा आउने भएको छ। सञ्चालनमा आएको केही समयपछि नै क्यासिनो सञ्चालनमा ल्याउने बताइएको छ। 

त्यस्तै रिसोर्टमा मजदुरको विवाद पनि समाधान भएको छ। मजदुरलाई पुनः रोजगारीमा फिर्ता हुने वा गोल्डेन ह्यान्ड चेकको वकल्पमा सहमति गरेपछि मजदुरले मुद्दा फिर्ता लिएका थिए। २६४ जना मजदुरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

भैरहवाको कोटिहवामा सञ्चालन भएको उक्त होटलमा एक सय दुई कोठा छन्। रिसोर्ट १५ बिघामा फैलिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.