रत्ननगरमा मिनी म्याराथन

रत्ननगरमा मिनी म्याराथन
फाइल तस्बिर।

चितवन : रोटरी क्लब अफ रत्ननगरले रोटरी मिनी म्याराथनको तयारी थालेको छ। फागुन १९ गते  रोटरी मिनी म्याराथन रत्नगनगर आयोजना गर्न लागेको हो। पुरुषका लागि ५.५ किलोमिटर र महिलाका लागि ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने जनाइएको छ। प्रतिस्पर्धामा करिब चार सय प्रतियोगी सहभागी हुने भएका छन्। 

राष्ट्रिय प्रतिभाको पहिचान र प्रवद्र्धनका लागि म्याराथन गर्न लागिएको कार्यक्रम संयोजक विपिन पोखरेलले जानकारी दिए। पुरुषतर्फको  प्रतियोगिता नारायणी नदी किनारबाट रत्ननगरको निपनीस्थित होटल स्टारसम्म हुनेछ। यस्तै महिलातर्फ टिकौली जंगलबाट सुरु हुने आयोजकले जनाएको छ। 

प्रतियोगिता भरतपुर महानगरपालिकाको भरतपुर भ्रमण वर्षअन्तर्गत ‘घुमौ भरतपुर’प्रति लक्षित रहेको आयोजकले जनाएको छ। प्रतियोगिताले चितवनको पर्यटन प्रवद्र्धन र पहिचानमा योगदान पुग्ने क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए।चेपाङ समुदायबाट सहभागी भएर दौड पूरा गर्नेलाई दुई हजारसहित प्रमाणपत्र दिइने उनले बताए।

पुरुषतर्फको विजेतालाई एक लाख, दोस्रोलाई ५० हजार र तेस्रो स्थान हात पार्नेलाई २५ हजार पुरस्कारको ब्यवस्था गरिएको छ। महिलातर्फका विजेताले २० हजार, दोस्रोले १५ र तेस्रोले पाँच हजार नगद पुरस्कार पाउने छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.