कृषि उत्पादनमा फड्को मार्दै भागेश्वर गाउँपालिका

कृषि उत्पादनमा फड्को मार्दै भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिकाकाअन्तर्गत गरिएको तरकारी खेती । तस्बिर : धनबहादुर भण्डारी
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिका कृषि उत्पादनमा फड्को मारिरहेको छ । विद्यालय र समुदायस्तरमा गाउँपालिकाबाट विभिन्न कार्यक्रमहरू लागूगरी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर मनाइरहेको हो।

आलुखेती, किवी, च्याउ र अन्य तरकारी खेती र कृषि उपजलगायत कृषिजन्य वस्तु उत्पादनमा भागेश्वर गाउँपालिका आत्मनिर्भर बनिरहेको छ । यसैगरी दूग्ध पदार्थ उत्पादनका लागि पनि गाउँपालिकाले कृषकहरू प्रत्यक्ष लगानीका साथै अनुदान प्रदान गरिरहेको छ ।

भागेश्वर गाउँपालिकाले कृषि उत्पादनलाई बढाउन कृषकलाई तालिम तथा अनुदानमा बिउबिजन लगायतका सामाग्री प्रदान गरिरहेका छन् भने विद्यालयमा शिक्षण सिकाइसहित विद्यार्थीलाई सीप हस्तान्तरणगरी कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि उत्प्रेरित गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

गाउँपालिका कृषि विकास इकाइ बगरकोट, डडेल्धुराको आ.व. २०८०।०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सञ्‍चालित कार्यक्रम कार्यान्वयन गरी आत्मनिर्भर बन्ने सूचांक तयार पारिरहेको छ ।व्यवसायिक आलुखेती गर्न कृषकई ५०प्रतिशत अनुदानमा २०८ क्विन्टल कार्डिनल जातको आलु बिउ १०४ जना कृषकलाई वितरण गरेको छ ।
 
हिउँदे सिजनमा आलुको उत्पादन लिइसकेका कृषकबाट तथ्याङ्क संकलन गर्दा प्रति रोपनी ६ देखि ८ क्विन्टल आलु उत्पादन भएको शिक्षा शाखा बगरकोटले जनाएको छ । भागेश्वर गाउँपालिका दुईसय रोपनी बढि जमिनमा आलुखेती गरिएको छ । साग र तरकारीका लागि पनि विउ वितरण गरेको जनाएको छ ।

पोषणमैत्री वडा घोषण अभियानअन्तरगत वडा नं. २ का सबै विद्यालयमा करेशाबारी निर्माण तथा सामग्री सहयोग गरेको छ । विद्यार्थीलाई करेशावारी निर्माण कार्यमा सहभागी गराई पोषण विशेष कार्यक्रम सञ्‍चालन भएको छ । 

साथै भागेश्वर गाउँपालिका वडा नं. ४ को कैलपाल आ.वि. न्यालेक र वडा नं. ५ चुल्लस्थित भागेश्वर आविलाई  किवि खेती गर्नका लागि किवि नर्सरी बिरुवा उपलब्ध गराइएको छ ।  सरस्वती नमूना माध्यमिक विद्यालयमा बोगटा र कैलपाल आवि न्यालेकमा च्याउको बिउसहित विद्यालयलाई प्रविधि हस्तान्तरण गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भारतीले जनाए ।

५ वटा वडा रहेको भागेश्वर गाउँपालिकामा कृषिका थुप्रै क्रियाकलाप सञ्चालन भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए । कृषक क्षमता विकास कार्यक्रममा भागेश्वर गाउँपालिका वडा नं. १ र ३ का दुर्गम बस्तीका १० वटा कृषक समूहमा च्याउ खेतीसम्बन्धी स्थलगत तालिम सञ्चालन गरी कन्ये जातको च्याउ र तरकारी बिउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ । अन्य वडाका कृषकलाई २ क्विन्टल च्याउको बिउ र च्याउ उमार्ने प्लाष्टिक वितरण गरिएको गाउँपालिकाको दावी छ । 

किविखेती क्षेत्र विस्तार कार्यक्रमअन्तरगत व्यवसायिक किवि बगैचा स्थापना गर्ने उद्देश्यले कृषक समूह, फर्मलाई १८० किविका बिरुवा वितरण गरिएको छ । निकट भविष्यमा नै गाउँपालिका कृषिको क्षेत्रमा ठूलो फड्को मार्ने गरि कार्यक्रमहरू भइरहेका गाउँपालिकाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.