बाजुराबाट नेपालगञ्ज जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, १३ जना घाइते

बाजुराबाट नेपालगञ्ज जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, १३ जना घाइते
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको  भेरि यातायात प्रालिको ना ६ख ५४५० नम्बरको बस स्याउले नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताइएको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बसको प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लैजाने क्रममा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले बताए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.