नयाँ वर्षको अवसरमा चिनियाँ दूतावासको परेड

नयाँ वर्षको अवसरमा चिनियाँ दूतावासको परेड
तस्बिर : राजकरण महतो
सुन्नुहोस्

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दुई देशबीचको मित्रवत् सम्बन्धलाई विकासका सूत्रले जोडेर बलियो बनाउन आफूहरू तयार भएको बताएका छन्।  

चिनियाँ नयाँ वर्षको परेड समारोहलाई काठमाडौंको दरबारमार्गमा सम्बोधन गर्दै उनले नयाँ वर्षले विकासका नयाँ अवसरहरूलाई स्वागत गरिरहेको बताए। 'चीनका राष्ट्रपति सी जिङपिङले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादी विचार  अघि सार्नुभएको छ,' राजदूत सोङले भने, ‘त्यो कूट्नीतिक आवधारणबाट हामी निर्देशित हुँदै नेपाल-चीनबीच विभिन्न क्षेत्रमा आदान प्रदान र सहकार्य अवश्य जारी राख्नेछौं।'

परेड समारोहमा ड्रायगन नाच, किलिङ नचा, लायन्स नाच प्रस्तुत गरिएको थियो। गतवर्ष संयुक्त राष्ट्रसंघको ७८औं महासभाले चिनियाँ नयाँ वर्ष मनाउने प्रस्तावलाई सर्वसम्मतले पारित गरेको थियो। सोही अवसरमा चीनले नेपालमा नयाँ वर्ष मनाएको हो। 

कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल सहभागी थिइन्। उनले विकासका अनेक अयाममा चीनले गरेको प्रगतिबाट सिक्नुपर्ने बताइन्। ‘पञ्चशीलको सिद्धान्तामा नेपाल र चीनको मित्रता र सहयोग अधारित छ। हामीबीच साँस्कृतिक, ऐतिहासिक, भगौलिक र अन्य क्षेत्रमा सुरुवातदेखि नै बलियो सम्बन्छ रहिआएको छ। दुई देशबीच‍को सम्बन्ध सधैं समस्यारहित बनोस्,' उनले भनिन्। 

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.