१२ वर्षीय बालिका आफन्तबाटै पटक-पटक बलात्कार

१२ वर्षीय बालिका आफन्तबाटै पटक-पटक बलात्कार
सांकेतिक तस्बिर।
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुरामा १२ वर्षीया बालिका पटकपटक बलात्कारमा परेको खुल्न आएको छ । उपचारका लागि अस्पताल पुगेकी बालिका आफन्त र गाउँकै एक युवकबाट बलात्कारको शिकार भएको खुलन आएको हो।

उनी आफन्तसहित आइतबार उपचारका लागि जोगवुडा अस्पताल पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सकले बालिकामाथि दुष्कर्म भएको आशंका गरेपछि प्रहरीलाई खबर गर्दा घटना जिल्ला प्रहरी कार्यालय पुगेको हो । प्रहरीले अनुसन्धान गर्दा बालिकामाथि पटकपटक बलात्कार भएको खुल्न आएको हो।

गतवर्ष भदौमा काका नाता पर्नेबाट बलात्कार भएकी ती बालिका अहिले माघ ६ गते एक स्थानीय युवकबाट बलात्कारको सिकार भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनले डरधम्कीका कारण घटनाबारे कसैलाई भन्न आँट गरेकी छैनन्।

अहिले उनी आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पुगेकी हुन् । आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आर्थिक अवस्था कमजोर भएकी जिल्लाको आलिताल गाउँपालिकाकी १२ वर्षीया बालिकाका आमाबावु कामको सिलसिलमा भरत छन् । 

बलात्कार आरोपमा आलिताल कै एक युवक पक्राउ परेका छन् भने गतवर्ष बालिकाका काका नाता पर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका मुद्दा फाँटका प्रहरी वरिष्ठ नायव निरीक्षक करविरसिंह ऐरले बताए 

बाजेबज्यैसँग बस्दै आएकी बालिका गतवर्ष भदौमा काका नाता पर्नेबाट बलात्कार भएको कुरा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । बालिकालाई सोधपुछ गर्नेक्रममा गतवर्ष पनि उनीमाथि बलात्कार भएको खुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी वरिष्ठ नायव निरीक्षक ऐरले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले आइतबार उनलाई उपचारका लागि परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुगाएपछि घट्ना खुल्न आएको हो । 

आर्थिक अवस्था कमजोर र आमाबावु घरबाहिर रहेको अवस्थाको फाइदा उठाउँदै बालिकालाई आफन्त र स्थानीयले बलात्कार गरेका हुन्।  काका नाता पर्ने अहिले भारतमा छन् । बलात्कार  घट्ना ढाकछोप गर्न उनी भारत गएको हुनसक्ने प्रहरीले आशंका छ।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.