एमाले दैलेखमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा शाही

एमाले दैलेखमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा शाही
सुन्नुहोस्

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखको नयाँ नेतृत्व चयन भएको छ। एमाले जिल्ला कमिटी दैलेखको आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो। निर्वाचन कमिटीले सार्वजनिक गरेको विवरण अनुसार एमाले दैलेखको अध्यक्षमा चामुण्डाविन्द्रासैनी नगरपालिका-६ निवासी सूर्यबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। 

उनी सातौँ जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासी थिए। त्यसबेला अध्यक्षमा रविन्द्रराज शर्मासँग पराजित भएका शाही आठौँ अधिवेशनमा निर्विरोध निर्वाचित भएका हुन्। तत्कालीन जिल्ला विकास समितिको उपसभापति भइसकेका शाही २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर प्रमुखमा पराजित भएका थिए। 

शाही दैलेखी कम्युनिष्ट आन्दोलनका पुराना नेता हुन् भने राष्ट्रिय भूमि आयोग दैलेखका पूर्व अध्यक्ष हुन्। यस्तै एमाले दैलेखको उपाध्यक्षमा भैरवी गाउँपालिका-७ का प्रेमबहादुर बुढा निर्विरोध निर्वाचन भएका छन्। उनी सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए। केही समय अघिदेखि एमाले दैलेखको कार्यवाहक अध्यक्ष रहेका बुढा दोस्रो पटक पनि उपाध्यक्षमै बस्न राजी भएका हुन्।

निर्वाचन कमिटीका अनुसार एमाले दैलेखको नवनिर्वाचित कमिटीको सचिवमा हिमालय जंग शाह निर्विरोध निर्वाचित भएका छन्। शाह डुङ्गेश्वर गाउँपालिका-५ निवासी हुन्। यस्तै उपसचिव महिलामा नारायण नगरपालिका-९ की तारा कुमारी सोनी र उपसचिव खुलातर्फ महाबु गाउँपालिका-३ का मिनबहादुर बुढा क्षेत्री निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन कमिटीका अनुसार खुला र भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.