दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा ओभरसियर रावतको मृत्यु

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा ओभरसियर रावतको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

दार्चुला  : दार्चुलाको नौगाड गाउँपालिका- २ सुन्नमुन्न सडकखण्डमा ट्याक्टर दुर्घटना भएको छ। आइतबार साँझ ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२ ००१ त १४२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषाको नारायण नगरपालिका- ५ गमरखोलीका ३२ वर्षीय राम सागर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनी सोही निर्माण सेवा कम्पनीका ओभरसियर हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो। ट्याक्टर ब्रेक फेल भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको थियो।

ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका- १ का २८ वर्षीय बिजेन्द्र सिंह नायक फरार रहेका छन्। उनको खोजि भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.